काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अहिले सत्तामा रहेकाहरूले नै विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । आफ्नै दल सरकारमा सामेल रहेका बेला कांग्रेस सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर सत्तामा रहेका विशिष्ट व्यक्तिहरूले नै तस्करी गरिरहेको आरोप लगाएका हुन् ।
इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार नेपालको बाटो हुँदै अवैधानिक रुपमा ठूलो मात्रामा सुन भारतीय बजारमा गइरहेको भन्दै सांसद शर्माले राज्य सत्ताको संलग्नता विना यस्तो तस्करी सम्भव नभएको जिकिर गरे ।
‘एयरपोर्ट क्याप्चर गरेर लुइँलुइँ सुन तस्करी गर्नेहरू चै यो देशको राज्य संयन्त्रमा बसेका छन्, अनि अरबौं ट्याक्स बुझाएर व्यवसाय गर्ने हामीलाई चै माफिया भन्छन्,’ स्वास्थ्य व्यवसायीसमेत रहेका सांसद शर्माले काठमाडौंमा सञ्चारकर्मीसँगको कुराकानीमा भने ‘इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार प्रचण्ड प्रधानमन्त्री भएपछि ४ सय टन सुन नेपालको बाटो हुदै इलिगल रुपमा भारतीय बजारमा गएको छ, यो देशको गभर्मेन्टमा भएका, राज्य सत्तामा रहेका टप मान्छेहरूको संलग्नताबिना यो कुरा सम्भव नै छैन ।’
सरकारका विशिष्ट व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको संलग्नता र संरक्षणबिना सुन तस्करी सम्भव नभएको उनको आरोप छ । ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नाम सुन तस्करीमा आइरहेको छ, प्रचण्ड जी ले आफ्नै छोरीबाट अनुसन्धान गर्न सक्नुहुन्छ ? उनले प्रश्न गरे । आफूले आजसम्म एक रुपैयाँ पनि घुस नखाएको दावी गर्दै सांसद शर्माले घुस खाने, तस्करी गर्ने तथा अनैतिक काम गर्नेहरूको विरोध गर्न नछोड्ने उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: