Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सिन्धुलीमा तीन सहित पाँचजना अवैध लागूऔषध काराेबारी पक्राउ

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट नियन्त्रित लागूऔषध सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही कोडैना गाउँपालिका-६ बस्ने २० वर्षीय सुनिल कुमार यादव समेत ३ जना रहेका छन् । 

प्रहरीले उनीहरुकाे साथबाट नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स-डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित बरामद् गरेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले एचआर १० एस ३०५६ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

यसै गरी कपिलवस्तुकाे बाणगंगा नगरपालिका-३ वभनीबाट एकजना पक्राउ परेका छन् । साेही नगरपालिका-९ जगदिशपुर बस्ने २६ वर्षीय घनश्याम मुराउलाई बुधबार साँझ प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम र नगद २८ हजार रूपैयाँसहित पक्राउ गरेकाे हाे । 

विशेष  सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.८३ प ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएकाे छ ।

यसंगरी कैलालीकाे टिकापुर नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका- २ बौनीया जगतपुर बस्ने २५ वर्षीय रबिन्द्र टमट्टा पनि बुधबार साँझ पक्राउ परेका छन् ।

प्रहरी चौकी लाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ । पक्राउ परेका सबैका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE