Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

खबरडबली संवाददाता

काठमाडौं ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए ।

गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे । पीडितले कागजात पठाए । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीले भने, “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटियो ।” उनका अनुसार त्यस घटनामा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साह संलग्न भएको पाइयो ।

उनीहरु अहिले कानुनी कारबाहीको दायरामा छन् । दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले रु ११ लाख गुमाए । आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झन्डै रु ११ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक रु दुई लाख तलब हुने लोभ देखाएर ठगी गरिएको थियो । यस्तै घटना पीडित आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौँको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठ पक्राउ परेकी छन् ।

यी घटनाहरु पछिल्ला एक साताका हुन् । यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको अभिलेखले देखाएको छ । सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन् ।

वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मानिसहरु छिटो पैसा कमाउने लोभमा फस्दा लाखौँ रकम डुब्ने गरेको पाइएको हो । 

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत पछिल्ला समयमा वैैदेशिक रोजगारीका नाममा दैनिक जसो नै मानिसहरु ठगिएका घटनाहरु देखिएको बताए । उनले यो क्रम विगतका वर्षहरुभन्दा बढ्दो क्रममा रहेको देखिएको बताए ।

अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रुपमा बढिरहहँदा त्यतिकै सुरक्षा चुनौती पनि थपिएको प्रहरीको निष्कर्ष छ । यसतर्फ प्रथमतः नागरिक आफैँ सचेत हुनुपर्नेमा जोड दिइएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप फाइनल: भारतले बनाए उच्चतम स्कोर, न्यूजिल्यान्डका लागि २५६ रनको चुनौती

काठमाडौं  । टी–२० विश्वकपको उपाधिका लागि भारत र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा जारी छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता...

रवीन्द्र मिश्र ले किन लिए दलीय राजनीतिबाट ‘ब्रेक’

काठमाडौं । राजावादी धारका नेता रवीन्द्र मिश्र ले तत्कालका लागि दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वज...

जनादेशले दिएको कडा सन्देशः प्रचण्डको ‘स्मार्ट मूभ’ किन भयाे फेल ?

काठमाडौं । चुनावअघि आफूलाई रणनीतिक रूपमा अगाडि राख्दै अनेक ‘स्मार्ट मूभ’ चाल्ने प्रयास गरेका पुष्पकमल दाहाल (प्रचण्ड) यसपटक जनादेशबाट अपेक्षित परिणाम ...

पूर्वसुरक्षाकर्मीको लहर : रास्वपाबाट उठेका पाँचै उम्मेदवार विजयी

पूर्वएआईजी विश्वराज पोखरेलकाे ५ मतान्तरकाे रोचक जित

इलाम १ मा तीन दलबीच कडा टक्कर

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभरको नतिजा अन्तिममा पुग्दै गर्दा इलाम १ मा भने प्रतिस्पर्धा रोचक बनेको छ। यस क्षेत्रमा त्रिपक्षीय भिडन्...

बाजुरामा ५ उम्मेदवारको धरौटी जफत

बाजुरा । बाजुरामा ५ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न न...

घट्यो दलको भीड, बढ्यो ध्रुवीकरण : नयाँ संसद्को बदलिँदो गणित

मतदाताको कठोर फैसलाले आधा दर्जन दल संसद् बाहिर

तनहुँमा छ हजार मत बदर

 तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ। तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो। ...

नेकपाको ओरालो यात्रा : शिखरदेखि संकटसम्म ३४ वर्षको उतारचढाव

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनले तीन दशकभन्दा बढी समय नेपाली राजनीतिमा निर्णायक प्रभाव जमायो  । सशस्त्र संघर्ष, जनआन्दोलन, संविधान निर्माण र सरक...

समानुपातिक तर्फ ५० लाख मतगणना हुँदा रास्वपाले पायो २४ लाख, अन्य दलको कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो । न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE