काठमाडाैं । संघीय संसदमा पेस भएको शिक्षा विधेयक शिक्षकहरूको हकहितविपरीत भएको भन्दै शिक्षकहरूले नै जलाएका छन् । संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ नेपाल शिक्षक संघ धादिङनिकट शिक्षकहरूले जलाएका हुन् ।
जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारमा शिक्षकहरू जम्मा भई नयाँ शिक्षा विधेयकको विरोध गरेका छन् । ०२८ सालमा आएको शिक्षा ऐनभन्दा पनि प्रतिगामी भएको भन्दै प्रस्तावित शिक्षा विधेयक फिर्ता गर्न माग राख्दै विधेयक जलाइएको छ ।
सरकार, सांसद, विभिन्न दलहरूसँग पटक–पटक छलफल र कुराकानी भए पनि शिक्षकमैत्री विधेयक आउने आश्वासन मात्रै दिएको नेपाल शिक्षक संघ धादिङका अध्यक्ष देवीप्रसाद छत्कुलीले बताए ।
सरकारसँग ५१ र ३० बुँदे सम्झौता गरिएकाे भएपनि सम्झौता गरिएका ती मागहरू ऐनमा नआएका, पुरानै ऐन एता–उता गरेर ल्याइएको र जुन शिक्षकको हकहितविपरीत रहेकाे उनले बताए । विधेयकले शिक्षकले पाउनुपर्ने सेवा–सुविधाबाट समेत बञ्चित गरेको उनकाे भनाइ छ।
सार्वजनिक शिक्षालाई महँगो बनाएको र शिक्षक हुन स्नातक अध्ययन गरेको हुनुपर्ने, तर पुरानै सेवा सुविधा रहेकाे बताउँदै उनले नयाँ विधेयकमा शिक्षकको अधिकार, ट्रेड युनियन अधिकारहरू वञ्चित रहेकाले यस्ता थुप्रै बुँदाहरू हेरफेर हुनुपर्ने माग रहेकेा उनले बताए । यस्तो विधेयककुनै हालतमा पनि मान्न नसकिने उनले बताए ।
‘यो सांकेतिक आन्दोलन हो । माग पूरा नभए विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउँछन् । सरकारले हाम्रो माग पुरा गर्नुपर्छ । अन्यथा विद्यालय बन्द गरेर हामी सडकमा आउन बाध्य हुनेछौँ । यसको क्षति र जिम्मेवारी सरकारले लिनुपर्छ,’ अध्यक्ष छत्कुलीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: