Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

अमेरिकासँगको संयुक्त सैन्य अभ्यासबाट नेपाललाई के फाइदा ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी सेनाको विशेष फौज बिहीवार अमेरिकी वायु सेनाको जहाजमा काठमाण्डू ओर्लिएको छ।

नेपाली सेनाका अनुसार भदौ २४ गते आइतवारदेखि असोज १२ गतेसम्म चल्ने उक्त अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी हुने छन्।

संयुक्त अभ्यास मूल रूपमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

ती सैन्य गतिविधि प्राकृतिक विपद्का साथै प्रति-आतङ्कवाद, पर्वतारोहण, राष्ट्रसङ्घीय शान्ति सेनाको भूमिका जस्ता विषय लक्षित हुने गरेका छन्। तर प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रका एक जना उच्च नेताले यस्ता सैन्य अभ्यासको सान्दर्भिकतामाथि प्रश्न उठाएका छन्।

भूकम्पमा सेना नभएको भए के हुन्थ्यो?

सैन्य मामिला विज्ञहरूले यस्ता अभ्यासको महत्त्व दर्साउन २०७२ सालको भूकम्पका बेला नेपाली सेनाले निर्वाह गरेको भूमिकालाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। त्यस बेला उद्धार तथा राहतका निम्ति विश्वका विभिन्न देशबाट सहायताको ओइरो लाग्दा जटिल अवस्था देखा परेको थियो।

उद्धारका निम्ति जनशक्तिका साथै हेलिकोप्टर र जहाज आए। राहतका निम्ति सामग्रीहरू पठाइए। अत्यास लाग्दो बेलामा विमानस्थल र कर्मचारीतन्त्रको सीमितताले थप चिन्ता थपिदिएको जानकारहरू सम्झिन्छन्।

नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा भन्छन्, “विमानस्थलको व्यवस्थापन कसरी गर्ने, विभिन्न देशका जहाजलाई कहाँ राख्ने, मान्छे र सामान कहाँ राख्ने, प्रभावित क्षेत्रमा कसरी परिचालन गर्ने जस्ता कुराहरू निकै चुनौतीपूर्ण थिए, विगतदेखि गर्दै आएको तालिमले गर्दा नै नेपाली सेनाले क्षमता प्रदर्शन गर्न सकेको हो।”

राज्यका अन्य संयन्त्र वा निकायसँग त्यसको निम्ति आवश्यक अनुभव र तालिम नभएको उनको भनाइ छ।

जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को जोखिम बढ्ने उल्लेख गर्दै पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले पनि त्यसको सामना गर्न नेपाली सेना जस्तो अर्को निकाय प्रशिक्षित नरहेको ठम्याइ सुनाए।

“प्राकृतिक विपद्को निम्ति नेपाली सेना जस्तो प्रशिक्षण पाएको संस्था अर्को छैन, त्यसमा उसको उपयोगिता अधिक छ,” रिजालको मान्यता छ। त्यसैले उनले सेनाको सङ्ख्याबारे बेला बखत बहस उठ्दा सङ्ख्याभन्दा सेनाको प्रयोगबारे छलफल हुनुपर्ने धारणा राख्ने गरेका छन्।

नयाँ प्रविधि/सीपको ज्ञान

नेपाली सेनाले अमेरिकाका साथै ब्रिटेन, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बाङ्ग्लादेश, इजरेल लगायत देशका सेनासँग संयुक्त तालिम र अभ्यास गर्दै आएको छ।

संसारमा सैन्य र प्राविधिक क्षमताका हिसाबले अगाडि रहेका देशका सेनासँगको तालिमले ताजा ज्ञान नेपाललाई हस्तान्तरण गर्ने जानकारहरूको भनाइ छ। यस्ता तालिम र अभ्यास मूल रूपमा प्राकृतिक विपद् र मानवीय सहायता लक्षित हुने गरेको सैनिक अधिकारीहरू बताउँछन्।

अमेरिकासँगको पछिल्लो संस्करणसम्मको सैन्य अभ्यासमा करिब चार हजार जना सहभागी भएका छन्। ‘एक्स-टिक नेल’ नाम दिइएको संयुक्त अभ्यासमा करिब पाँच सय सहभागी भइसकेका छन्।

त्यस्तै अमेरिकी इन्डो प्यासिफिक कमान्डसँग मिलेर शान्ति प्रयास नामक बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपाल सहभागी हुने गरेको छ। उक्त अभ्यासमा दुई हजारभन्दा धेरैले तालिम लिइसकेका छन्।

“संसारको ताजा सोचाइ के छ, नयाँ उपकरण के छन्, को कसरी आउँछ, ताजा सूचना त अमेरिकीसँग छ,” पूर्व रथी बालानन्द शर्माले भने, “त्यसैले नेपाली सेनाले अमेरिकी सेनासँग लामो समयदेखि गरिरहेको अभ्यास महत्त्वपूर्ण छ।”

सैन्य कूटनीति, कति औचित्यपूर्ण

उनको अनुभवमा गृह मन्त्रालयसँग ‘कर्पोरेट नलेज’ छैन। त्यसैले प्रधानमन्त्री कार्यालय मातहतमा साधन स्रोत सम्पन्न संरचनाको खाँचो पनि उनले औँल्याए।

नेपाली सेनाले दक्षिणी छिमेकी भारतसँग सन् २०११ देखि सूर्य किरण नामक संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। नेपालले सन् २०१७ देखि चीनसँग पनि ‘सगरमाथा मैत्री’ सैन्य अभ्यास सुरु गरेको छ।

त्यसपछिका दुई वर्ष चीन र नेपालमा पनि अभ्यास भएको थियो। तर कोभिड महामारीयता रोकिएको उक्त अभ्यास फेरि गर्ने तयारीमा रहेको बताइएको छ।

कतिपयले दक्षिण एशियामा चीन लक्षित अमेरिकी चासो बढेको र त्यसप्रति चीन चिन्तित बनेको उल्लेख गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा नेपालको भूमिका सन्तुलित हुनुपर्ने आवश्यकता झन् बढेको उनीहरूको ठम्याइ पाइन्छ।

सामान्य अवस्थामा हुने संयुक्त सैन्य अभ्यास स्वाभाविक हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ बताउँछन्। तर भन्छन्, “अहिलेको परिस्थिति हेर्दा कूटनीति सन्तुलनका दृष्टिकोणले समीक्षा र छलफलको विषय बन्न सक्छ।”

उनका भनाइमा विश्व परिस्थिति शीतयुद्धको अवस्थामा छ। “सामान्य अवस्थामा गरिने कार्यक्रम असामान्य अवस्थामा गर्नु उचित हुन्छ कि हुन्न भन्ने छलफलको विषय हो,” नेता गुरुङले भने।

यस्ता विषयहरूलाई दलहरूले आआफ्नो ढङ्गले व्याख्या गर्ने गरेको पाइन्छ। त्यसै अनुसार राजनीतिक मुद्दा बनाउने गरेको पाइन्छ। “राजनीति गर्ने कुरा अर्कै हो”, पूर्व रथी शर्माले भने, “आपसी लाभको हुने भएकाले संसारमा जहाँ सुकै (संयुक्त अभ्यास) गरिने कुरा हो, यसमा मैले कुनै नौलो कुरा देख्दिनँ।” बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending