Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कोशीमा एमालेलाई राप्रपाले साथ नदिने संकेत

लिङ्देन भन्छन् : कांग्रेस, एमाले मिलेर सरकार बनाउनु राम्रो

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले कोशी प्रदेशमा वर्तमान सरकारलाई साथ नदिने संकेत देखाएको छ। विगतमा एउटै गठबन्धनमा रहेर कोशीमा सरकार बनाइरहेका एमाले र राप्रपा पछिल्लो समय एक नहुने देखिएका छन्।

हिजो बेलुका मात्रै कोशीमा एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री बने। हालसम्म राप्रपाले मन्त्री पठाएको छैन। राप्रपाका अध्यक्ष लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिँदै आएका छन्।

कोशीमा राप्रपाको साथ हुँदा पनि एमालेलाई बहुमत पुग्दैन। राप्रपाका अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन्। 

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सबैभन्दा पहिलो उपयोगी कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेशसभा जोगाए राम्रो, त्यो मौका अझै छ, (मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन पाउने समय) ३० दिन, अर्को पनि धारा सरकार गठन हुन सक्ने संविधानको धारा १६८ (५) बाँकी छ, मेरो शुभकामना छ कांग्रेस र एमाले मिल्नेछन्’ उनले भने।

उनले आफूहरू सत्तामा जान लालइत नभएको बताएका छन्। कोशीमा ठूलो दल एमालेको ४० र राप्रपाको ६सिट छ। दोस्रो ठूलो दल कांग्रेसको २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी एक मत छ। राप्रपा नमिल्दा कुनै गठबन्धनमा पनि बहुमत पुग्दैन।

यसअघि पनि राप्रपाले सत्तारुढ कांग्रेस  र माओवादीको सरकारलाई साथ दिएको थिएन। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending