बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगञ्जमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ।
शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा सात जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्।
बसका चालक बर्दियाको ठाकुरबाबा ८ का ५५ वर्षीय जुगबहादुर चन्दको सहचालक बर्दियाको बारबार्दिया नगरपालिका ७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।
बाँकेका डिएसपी नारायण डाँगीका अनुसार बसमा बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका ४१ यात्रु सवार थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।
दुर्घटनामा २८ जना घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जनाको अवस्था मध्यम र सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए।
ठाकुरबाबा नगरपालिका ९ का ६७ वर्षीय बलबहादुर थारू र ४० वर्षीया आशा वि.क गम्भीर घाइते छन्।
सोही वडाका ४१ वर्षीय श्रीधर थारू, ४८ वर्षीया सरस्वती थापा, ४३ वर्षीय राधाकृष्ण चौधरी, ३९ वर्षीय अर्जुन वि.क, ५५ वर्षीया ललिता टमटा, ६५ वर्षीय चर्णुराम चौधरी, ६३ वर्षीया नैनसरा रोकाय, ६५ वर्षीय नैनबहादुर थापा, ७० वर्षीय चन्द्रबहादुर वि।क, ७२ वर्षीय कोटाले चौधरी, ७० वर्षीय हर्ष बहादुर थापा, ७२ वर्षीय जय बहादुर बम, ६७ वर्षीय कालीबहादुर थारू, ५८ वर्षीय मान बहादुर कामी, ६७ वर्षीय गेदुवा चौधरी, ५५ वर्षीय दल बहादुर थारू, ६७ वर्षीय जसबीर बडुवाल, ५५ वर्षीय पतिराम थारू, ४१ वर्षीय हरिबहादुर थापा, ७५ वर्षीय जग्गु थारू, ६२ वर्षीय अन्तराम चौधरी, ४० वर्षीय रामु थारू, ५५ वर्षीय फुलराम थारू, ५० वर्षीय श्रीधर पोखरेल, ६२ वर्षीय शिव थारू, ४५ वर्षीया सुर्जी चौधरी, ६२ वर्षीय दलवीर चौधरी, ५० वर्षीय तेजबहादुर परियार, ५५ वर्षीय टक्क बहादुर बुढा, ४८ वर्षीय भागीराम थारू, ६० वर्षीय रामजी बाबु थापा र ५५ वर्षीया शिवराम थारू छन्।
डिएसपी डाँगीका अनुसार घाइते सबैको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: