बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगञ्जमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ।
शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा सात जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्।
बसका चालक बर्दियाको ठाकुरबाबा ८ का ५५ वर्षीय जुगबहादुर चन्दको सहचालक बर्दियाको बारबार्दिया नगरपालिका ७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।
बाँकेका डिएसपी नारायण डाँगीका अनुसार बसमा बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका ४१ यात्रु सवार थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।
दुर्घटनामा २८ जना घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जनाको अवस्था मध्यम र सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए।
ठाकुरबाबा नगरपालिका ९ का ६७ वर्षीय बलबहादुर थारू र ४० वर्षीया आशा वि.क गम्भीर घाइते छन्।
सोही वडाका ४१ वर्षीय श्रीधर थारू, ४८ वर्षीया सरस्वती थापा, ४३ वर्षीय राधाकृष्ण चौधरी, ३९ वर्षीय अर्जुन वि.क, ५५ वर्षीया ललिता टमटा, ६५ वर्षीय चर्णुराम चौधरी, ६३ वर्षीया नैनसरा रोकाय, ६५ वर्षीय नैनबहादुर थापा, ७० वर्षीय चन्द्रबहादुर वि।क, ७२ वर्षीय कोटाले चौधरी, ७० वर्षीय हर्ष बहादुर थापा, ७२ वर्षीय जय बहादुर बम, ६७ वर्षीय कालीबहादुर थारू, ५८ वर्षीय मान बहादुर कामी, ६७ वर्षीय गेदुवा चौधरी, ५५ वर्षीय दल बहादुर थारू, ६७ वर्षीय जसबीर बडुवाल, ५५ वर्षीय पतिराम थारू, ४१ वर्षीय हरिबहादुर थापा, ७५ वर्षीय जग्गु थारू, ६२ वर्षीय अन्तराम चौधरी, ४० वर्षीय रामु थारू, ५५ वर्षीय फुलराम थारू, ५० वर्षीय श्रीधर पोखरेल, ६२ वर्षीय शिव थारू, ४५ वर्षीया सुर्जी चौधरी, ६२ वर्षीय दलवीर चौधरी, ५० वर्षीय तेजबहादुर परियार, ५५ वर्षीय टक्क बहादुर बुढा, ४८ वर्षीय भागीराम थारू, ६० वर्षीय रामजी बाबु थापा र ५५ वर्षीया शिवराम थारू छन्।
डिएसपी डाँगीका अनुसार घाइते सबैको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...
आषाढ़ १८ गते, २०८३ - १०:५०
दमक। झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। ...
आषाढ़ १८ गते, २०८३ - १०:३०
काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। परिषद्का सचिव मोह...
आषाढ़ १८ गते, २०८३ - १०:१६
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थ...
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...



प्रतिकृया लेख्नुहोस्: