Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

खबरडबली संवाददाता

काठमाडौ । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो।

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिदका लागि प्रस्ताव गर्न सक्नेछन्।

 विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलका लागि भदौ २४ गते अपराह्न ३ बजेसम्मको अवधि तोकिएको छ भने भदौ २५ गते सोमबार निष्कासन हुनेछ। यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुनेछ। ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैंकले जनाएको छ।

यो विकास ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी हुन सकिनेछ। प्रतिस्पर्धी बोलबालालाई कुल निष्कासित रकमको ८५ प्रतिशत अर्थात रू आठ अर्ब ५० करोड अप्रतिस्पर्धी बोलबालालाई १५ प्रतिशत अर्थात रू एक अर्ब ५० करोड बराबरको ऋणपत्र छुट्याइएको छ।

घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाईकन ५० हजारले भाग गर्दा नि:शेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ। यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्कट एक्सचेञ्ज लिमिटेडमार्फत हुने राष्ट्र बैंकले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र मृतक रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टिकरण: समन्वयमै करिडोर विस्तारको काम भएको हो

काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...

ओली निवासमा गला अवरुद्ध भएका जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थप...

मेहताको शव बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री त्रिवि शिक्षण अस्पताल जाने

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेक...

बैंकिङ क्षेत्रसँग सहकार्य बढाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण सुधार गर्न सरकारले बैंकिङ...

ग्यासको कालोबजारी रोक्न 'ट्र्याकिङ' प्रणाली लागू गर्न सांसद अन्सारीको माग

काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेक...

सुकुमवासी समस्या समाधानमा सरकारलाई सहयोग गर्न एमाले तयार : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...

‘म्याच फिक्सिङ’ आरोपमा अमेरिकी क्रिकेटर रेड्डीमाथि आठ वर्ष प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...

आर्थिक समृद्धिका लागि सहायता र व्यापार विस्तारमा जोड दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending