काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एसिया कपको आफनो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै प्रसंशा गर्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट सङ्घ (क्यान)लाई बधाई दिएकी छन् ।
पाकिस्तान र श्रीलङ्कामा भएको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विश्व वरियतामा शीर्ष स्थानमा रहेका पाकिस्तान र भारतजस्ता बलिया टोलीसँग उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्व क्रिकेटप्रेमीको मन जित्न सफल भएकोमा पूर्वराष्ट्रपति भण्डारीले बधाई दिएकी हुन् ।
उनले यस किसिमको उत्कृष्ट खेल प्रदर्शनले नेपालको क्रिकेट खेलको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्दै क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सकेमात्र क्रिकेट खेलले थप व्यावसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाले क्रिकेटलगायत समग्र नेपाली खेलकुदको विकासमा थप लगानी गर्न आवश्यक रहेको बताइन् । एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तान र भारतसँग पराजित भए पनि नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
यसैगरी पूर्वराष्ट्रपति भण्डारीले मलेसियामा जारी आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली महिला टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेकामा बधाई दिँदै थप सफलताको कामना गरेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: