Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेपालले चीनसँग गर्न खोजेको ऊर्जा व्यापार सम्झौता कस्तो हो ?

खबरडबली संवाददाता

काठमाडौं । नेपालले चीनसँग महत्त्वपूर्ण ऊर्जा सम्झौता गर्ने तयारी गरिरहेको बताइए तापनि पाँच वर्षअघि नै सहमति भएको एउटा अन्तर्देशीय प्रसारण लाइन भने तत्कालको प्राथमिकतामा नरहेको अधिकारीहरूले बताएका छन्।

यस पटक गरिने सम्झौताहरूको प्रस्तावको मस्यौदामा मुख्य रूपमा २२० केभीको केरुङ-चिलिमे प्रसारण लाइन पनि रहेको छ।

तर सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा स्टेट ग्रीड कर्पोरेशन अफ चाइना र नेपाल विद्युत् प्राधिकरणबीच ४०० केभीको रातमाटे-केरुङ प्रसारण लाइन निर्माणको सम्झौता भए तापनि त्यसमा काम अगाडि बढ्न सकेको छैन।

ऊर्जा मन्त्रालयका प्रवक्ता मधु भेटवालले बीबीसीसँग भने, "तत्काललाई त्यस क्षमतामा तिब्बतमा बिजुली लैजाने खालका आयोजना नबनिसकेको अवस्थाले गर्दा त्यसलाई भविष्यमा कायम राख्ने गरी अर्को केरुङ-चिलिमे हब प्रसारण प्रणाली बनाउने विषय अहिले प्राथमिकतामा छ।"

त्यसै गरी भविष्यमा सञ्चालन हुने आयोजनालाई नै मध्यनजर गरेर लाप्चे-किमाथाङ्का प्रसारण लाइनको अध्ययनको काम अगाडि बढाउने विषय समेत प्रस्तावमा समेटिएको प्रवक्ता भेटवाल बताउँछन्। 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले चीनसँग सम्झौता गर्न खोजिएको यस समयलाई ऊसँग कस्तो ऊर्जा व्यापार गर्न खोजिएको भन्ने कुरामा सबैभन्दा पहिले सैद्धान्तिक रूपमा स्पष्ट हुने समयको रूपमा अर्थ्याउँछन्।

"हामीले आयात मात्र गर्ने हो कि निर्यात मात्र गर्ने हो वा आयात-निर्यात दुवै गर्ने हो वा कुन मात्रामा गर्ने हो भन्ने स्पष्ट भएपछि बाँकी प्राविधिक कुराहरू हुन्छन्।"

प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा "ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास गरेको" सार्वजनिक रूपमा बताउँदै आएका छन्।

नेपाल चीन ऊर्जा

नेपालको तयारी 

सम्झौताको तयारीमा जुटेको ऊर्जा मन्त्रालयका अधिकारीहरू आफूले तयार गरेको प्रस्तावमा अन्तर्देशीय प्रसारण लाइन, नेपाल र चीनका सीमावर्ती क्षेत्रमा विद्युतीकरणमा सहयोग, काठमाण्डू उपत्यकाको सबस्टेशन तथा प्रसारण प्रणालीलाई सबलीकरण गर्ने विषय समेटिएका बताउँछन्।

उक्त प्रस्तावको मस्यौदालाई हाल परराष्ट्र मन्त्रालयले हेरिरहेकोले तीमध्ये कुनकुन विषय अगाडि बढ्छन् भन्ने अझै स्पष्ट नभइसकेको प्रवक्ता भेटवालले जानकारी दिएका छन्।

"काठमाण्डू उपत्यकाको चक्रपथ क्षेत्रमा मोनोपोल वा प्रसारण प्रणाली विस्तार गर्ने र सबस्टेशनहरू थप गर्ने विषय समेत छन्," प्रवक्ता भेटवाल भन्छन्।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता भट्टराई समेत आन्तरिक खपत वा बाह्य व्यापार दुवैका लागि विद्युत् प्रणालीको विश्वसनीयता विकास गर्नु मुख्य कुरा रहेकाले नयाँ सम्झौता त्यसतर्फ केन्द्रित हुन सकेमा फलदायी हुने ठान्छन्।

त्यसै गरी देशका मुख्य ठाउँहरूमा चार्जिङ स्टेशनहरू स्थापनामा सहयोगको प्रस्ताव समेत नेपालको तर्फबाट गर्न लागिएको बताइएको छ। भेटवाल थप्छन्, "यसका लागि निजी क्षेत्रमा अझै आकर्षण देखिँदैन र राज्यका निकायबाटै सेटअप गर्न सघाउनुपर्ने अवस्थाका लागि सहयोग खोजिएको छ।"

हाल नेपालको जडित विद्युत् उत्पादन क्षमता २,६८४ मेगावाट रहे तापनि विभिन्न निकायमार्फत कुल २७,७८० मेगावाट विद्युत् उत्पादन क्षमता रहेका आयोजनाहरू अघि बढाइएको विद्युत् प्राधिकरणले जनाएको छ।

ती आयोजनाहरू कार्यान्वयनमा आउने अवस्थामा नेपालका लागि अन्तर्देशीय ऊर्जा व्यापार गर्न हाल सम्झौता भइसकेका भारत र बाङ्लादेशबाहेक चीन समेत अवसरका रूपमा रहने बताइने गरेको छ।

चीनको लगानी वा चिनियाँ ठेकेदार जोडिएका आयोजनाबाट उत्पादित बिजुली खरिद नगर्ने भारतको अघोषित नीति रहेको पाइएको अधिकारीहरू बताउँछन्।

"भारतले चीनको नाम उल्लेख नगरीकनै उनीहरूसँग ऊर्जा सहकार्य नभएको देशको बिजुली नलिने कुरा आफ्ना दस्ताबेजमा राखेको छ। चीनको हकमा त्यस्तो केही व्यवस्था भएको मलाई थाहा छैन," भेटवाल भन्छन्।

नेपालमा कैयौँ ठूला-साना आयोजनामा चिनियाँ ठेकेदार जोडिएकाले नेपालका लागि अन्तर्देशीय व्यापारका विकल्पका रूपमा अब चीनसँग ऊर्जा सहकार्य बढाउन आवश्यक रहेको अधिकारी तथा विज्ञहरूको मत पाइन्छ।

त्यसबाहेक नेपालका उच्च हिमाली सीमावर्ती भेगमा धेरैतिर 'विद्युत् ग्रीड' नपुगेको अवस्थामा त्यसलाई तिब्बततर्फको ऊर्जाबाट विद्युतीकरण गर्न चीनलाई आग्रह गर्ने सरकारको योजना छ। "चीनतर्फ पूर्वाधारहरू बनिसकेको र नेपालले आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेकोमा त्यसमा चीनको महत्त्वपूर्ण योगदान हुन सक्छ," प्रवक्ता भेटवाल भन्छन्।

नेपालले आउँदा केही वर्षमा बाह्रै महिना जलविद्युत्‌मा  आत्मनिर्भर हुने लक्ष्य राखेको छ

तिब्बतमा विद्युत्‌को बजार 

नेपाली अधिकारीहरू तिब्बतमा भरपर्दो ऊर्जाको माग उच्च रहेको र त्यहाँ पछिल्ला वर्षमा खपत समेत उच्च मात्रामा बढेको बताउँछन्। ऊर्जा प्रवक्ता भेटवाल त्यहाँ ठूला सौर्य प्लान्टहरू सञ्चालनमा रहे तापनि 'जलविद्युत् भरपर्दो ऊर्जा स्रोतका' रूपमा रहने बताउँछन्।

विगतदेखि नै तिब्बतका लागि हिउँदमा नेपालबाट विद्युत् खरिद गर्नका लागि चिनियाँ पक्षले चासो दिँदै आएको बताइन्छ। वर्षायाममा नेपालमा आवश्यकताभन्दा धेरै विद्युत् उत्पादन हुने भए पनि हाल हिउँदमा भारतबाट निर्यात गर्नुपर्ने परिस्थिति छ।

तर भविष्यमा केही ठूला जलाशययुक्त आयोजना सञ्चालनमा आउँदा नेपालमा सुख्खा याममा समेत बिजुली बेच्न सकिने भन्दै त्यसको लागि काम सुरु गर्नुपर्ने बताइन्छ। "यस्तै परिस्थितिबीच सस्तोमा किन्न सकिने र महँगोमा बेच्न पाउने अवस्था बन्दा नेपालका लागि फाइदाजनक हुने हो," प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भन्छन्।

"यो त्यसका लागि दीर्घकालीन योजना र प्रारूपहरूमा काम गर्नुपर्ने समय हो। त्यसपछि मात्र प्राधिकरणले थप प्रतिक्रिया जनाउन सक्ने अवस्था रहन्छ।" ऊर्जा अधिकारीहरू द्विपक्षीय छलफलपछि मात्र आयोजनाहरूको टुङ्गो लाग्ने र त्यसपछि आर्थिक सहायता र आकारका विषय स्पष्ट हुने बताउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending