Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

कपास खेती हराएपछि परम्परागत पहिरन लोप हुँदै

खबरडबली संवाददाता

काठमाडाैं ।  कृषकहरूले कपास खेती गर्न छाडेपछि परम्परागत पहिरन आँगो, घांग्रो, पच्छौरा, पाउरो, झम्फर लोप हुँदै जान थालेका छन् । समयको गतिसँगै मुगु जिल्लामा बाहिरी आयातित लत्ता-कपडा भित्रिन थालेपछि परम्परागत पहिरन लोप हुँदै जान थालेका हुन् ।

स्थानीय स्तरमा उत्पा‍दित कपासले राम्रो मूल्य नपाएपछि र उत्पादनमा लाग्ने मूल्यभन्दा बाहिरी आयातित कपडाको मूल्य कम परेपछि किसानहरूले कपास खेती गर्न छोड्दै गएका हुन् । विशेषगरी उमेर ढल्केका महिलाहरूले ठेटुवाको कपडामा तोरा खैरो रंग दिने मजेठो भन्ने जडिबुटी र सीममा पाइने माटाको तोरोसँगै मिसाइ काठको सानो बुट्टा दिने छिपोको माध्यमबाट छाप लगाएर धोती र मुजा पारेको घाग्रो लगाउने चलन थियो ।

यसैगरी, केटाहरू ठेटुवाको दौरा-सुरुवाल र केटीहरूले ठेटुवाको सेतो आँगो लगाउने चलन चलिआएको थियो ।करानबाहेक खतेड, गम र सोरु भेगका उमेरले पाका महिलाहरू प्राय: जसो ठेटुवाकै पहिरन लगाउने गरेका थिए । सोरुमा पाइने (घरबुना) ठेटुवाले राम्रो मूल्य नपाएपछि स्थानीय सोरुका कृषकहरूले कपास खेती गर्न छाडेको सोरुका स्थानीय बासिन्दाले बताएका छन् ।

सोरु गाउँपालिका-२ नचारा गाउँका कृषक जग्गबहादुर शाहीले ठेटुवाकाे माग घट्न थालेपछि कपासखेती गर्न छाडेकाे बताए । ‘दु:ख गरेर आफ्नै साना-तिना घरेलु उद्योगबाट उत्पादन गरेको ठेटुवाको कपडा दुई पैदल हिँडर गागढी आइ बेच्ने गरेका थियौं । पहिले पहिले राम्रै मूल्य पाइने गरेको भएपनि बिस्तारै बजारमा ठेटुवाको माग घट्न थालेपछि कपास खेती गर्न छाड्यौं’, उनले भने ।

पछिल्लो समयमा कपास खेतीभन्दा मास, आलु सिमी र मकै खेतीबाट राम्रो आन्दानी हुनाले पनि कपास खेती गर्न छाडेकाे शाहीको भनाइ थियो ।  सोरु गाउँपालिका जडेपानीका अर्का कृषक चन्द्रबहादुर शाहीले पनि कपास खेती छोडेको धेरै समय भयो। बजारकाे मागअनुसार मास र सिमीखेतीबाट मनग्य आम्दानी हुने गरेकाले कपास खेती गर्न छाडेकाे जानकारी दिए।

केही वर्षअघि स्थानीय उत्पादनको अर्को विकल्प नभएपछि बाध्य भएर कपासलगायत परम्परागत खेती गर्दै आएका कृषकहरू समयको गति र विकाससँगै पुराना अन्नबालीको खेती गर्न छाडेपछि कपास, चिनो, काउनी, मार्सेजस्ता बालीहरूको अस्तित्व संकटमा पर्दै गएको सोरु गाउँपालिकाका फोतुका स्थानीय राजबहादुर शाहीले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

पेट्राेल, डिजेल र ग्यासकाे मूल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलमा ३० रुपैयाँ घटेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending