काठमाडाैं । कृषकहरूले कपास खेती गर्न छाडेपछि परम्परागत पहिरन आँगो, घांग्रो, पच्छौरा, पाउरो, झम्फर लोप हुँदै जान थालेका छन् । समयको गतिसँगै मुगु जिल्लामा बाहिरी आयातित लत्ता-कपडा भित्रिन थालेपछि परम्परागत पहिरन लोप हुँदै जान थालेका हुन् ।
स्थानीय स्तरमा उत्पादित कपासले राम्रो मूल्य नपाएपछि र उत्पादनमा लाग्ने मूल्यभन्दा बाहिरी आयातित कपडाको मूल्य कम परेपछि किसानहरूले कपास खेती गर्न छोड्दै गएका हुन् । विशेषगरी उमेर ढल्केका महिलाहरूले ठेटुवाको कपडामा तोरा खैरो रंग दिने मजेठो भन्ने जडिबुटी र सीममा पाइने माटाको तोरोसँगै मिसाइ काठको सानो बुट्टा दिने छिपोको माध्यमबाट छाप लगाएर धोती र मुजा पारेको घाग्रो लगाउने चलन थियो ।
यसैगरी, केटाहरू ठेटुवाको दौरा-सुरुवाल र केटीहरूले ठेटुवाको सेतो आँगो लगाउने चलन चलिआएको थियो ।करानबाहेक खतेड, गम र सोरु भेगका उमेरले पाका महिलाहरू प्राय: जसो ठेटुवाकै पहिरन लगाउने गरेका थिए । सोरुमा पाइने (घरबुना) ठेटुवाले राम्रो मूल्य नपाएपछि स्थानीय सोरुका कृषकहरूले कपास खेती गर्न छाडेको सोरुका स्थानीय बासिन्दाले बताएका छन् ।
सोरु गाउँपालिका-२ नचारा गाउँका कृषक जग्गबहादुर शाहीले ठेटुवाकाे माग घट्न थालेपछि कपासखेती गर्न छाडेकाे बताए । ‘दु:ख गरेर आफ्नै साना-तिना घरेलु उद्योगबाट उत्पादन गरेको ठेटुवाको कपडा दुई पैदल हिँडर गागढी आइ बेच्ने गरेका थियौं । पहिले पहिले राम्रै मूल्य पाइने गरेको भएपनि बिस्तारै बजारमा ठेटुवाको माग घट्न थालेपछि कपास खेती गर्न छाड्यौं’, उनले भने ।
पछिल्लो समयमा कपास खेतीभन्दा मास, आलु सिमी र मकै खेतीबाट राम्रो आन्दानी हुनाले पनि कपास खेती गर्न छाडेकाे शाहीको भनाइ थियो । सोरु गाउँपालिका जडेपानीका अर्का कृषक चन्द्रबहादुर शाहीले पनि कपास खेती छोडेको धेरै समय भयो। बजारकाे मागअनुसार मास र सिमीखेतीबाट मनग्य आम्दानी हुने गरेकाले कपास खेती गर्न छाडेकाे जानकारी दिए।
केही वर्षअघि स्थानीय उत्पादनको अर्को विकल्प नभएपछि बाध्य भएर कपासलगायत परम्परागत खेती गर्दै आएका कृषकहरू समयको गति र विकाससँगै पुराना अन्नबालीको खेती गर्न छाडेपछि कपास, चिनो, काउनी, मार्सेजस्ता बालीहरूको अस्तित्व संकटमा पर्दै गएको सोरु गाउँपालिकाका फोतुका स्थानीय राजबहादुर शाहीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: