Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

काभ्रेमा ‘हावा’मा आलुको बीउ उत्पादन

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ ।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो ।

उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । “यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ”, उद्योगका सञ्चालक शशि अधिकारीले भने । उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन् ।

एक बिरुवामा ५० देखि चार सयसम्म बीउ उत्पादन हुने अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त प्रकृतिको बीउ उत्पादन गर्न उद्योगमा रु एक करोडमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकिन गर्न नसकिएको उनको भनाइ थियो ।

“यसरी उत्पादन गरिएको बीउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा करिब पाँच पटक ९पाँच पुस्ता०सम्म रोपेर मात्रै कृषकलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ”, अधिकारीले भने । उनका अनुसार गत साउनदेखि उक्त नौलो प्रविधिबाट आलुको बीउ उत्पादन प्रक्रिया थालिएको हो ।

यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार उद्योगका प्राविधिकले नयाँका साथै पुरानै जातका आलुको नयाँ प्रविधिबाट बीउ उत्पादन गर्न थालेका छन् ।

उक्त उद्योगमा आलुको बीउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बीउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिए । उनका अनुसार उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ लाख ५४ हजार रकम विनियोजनसमेत गरिएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

पेट्राेल, डिजेल र ग्यासकाे मूल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलमा ३० रुपैयाँ घटेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending