भक्तपुर । हाम्रो धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ९ स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा भएको तीजको दर खाने कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले हाम्रो धर्म परम्परा रीति थिति एवं परम्पराको रक्षा हामीले नगरे कसैले नगर्ने बताएका हुन् ।
आज हाम्रो कला संस्कृति मासिने अवस्थामा पुगेको छ यसको रक्षाका लागि हामी सबै एक जुट भएर लाग्नु पर्ने उनको धारणा रहेको थियो । हामीले हाम्रो धर्म संस्कृति नजोगाउने हो भने अन्य विस्तारवादीहरूले हाम्रो धर्म संस्कृति परम्परा एवं संस्कार मेटाउन लाग्ने उनले बताए ।
उनले आश्रमले घरबार विहीन ज्येष्ठ नागरिकलाई राख्ने काम गरेको काम सराहनीय भएको बताउँदै अवका दिनमा आश्रमले ताथलीका ज्येष्ठ नागरिकका लागि दिवामा भजन कीर्तन गर्ने एवं भलाकुसारी गर्न ज्येष्ठ नागरिक मिलन चौतारी समेत बनाउन आग्रह गरेका थिए ।
दर विशेष कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आश्रमका संस्थापक एवं कार्यक्रमका सभापति बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले तीज केवल केही सीमित नारीहरूको मात्र नभई सम्पूर्ण नेपालीको पर्व भएको उनले बताए । तीजको व्रत केवल श्रीमान् राम्रो पाउँ र श्रीमानको आयुको विषयमा मात्र नभएर राम्री पत्नी पाउँ अनि पत्नीको स्वास्थ्यको लागि पनि बस्नु पर्ने उनको भनाइ छ ।
यस्तै कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर कटुन्जेका अध्यक्ष एवं समाजसेवी धर्मराज कार्कीले धर्तीमा पापको बोझ धेरै भएका हिन्दु धर्मलाम्वीहरुमाथी विभिन्न धर्मालम्वीहरुले प्रहार गरी रहेको अवस्था छ जसलाई परास्त गर्न हामी एक जुट हुनु पर्ने बताएका थिए । उनले हामी एक भएमा मात्र हाम्रो संस्कार जोगिने समेत बताए ।
ज्येष्ठ नागरिकको सेवाका लागि छोरीको घर आश्रमले आगामी ११ गते देखि भक्तपुर चाँगुनारायण धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट पितृ मुक्ति जान महायज्ञ गर्न लागेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यस्तै कार्यक्रममा दुई दर्जन भन्दा बढी गुरुहरूलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा करिब १ सय भन्दा बढी ७० वर्ष पुरा भएका भएका बा आमालाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: