Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

किन जाँदैछ एमालेको जम्बो टोली चीन?

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल १२ दिने भ्रमणका लागि शनिबार चीनको भ्रमणमा जाने भएको छ।

महासचिव नेतृत्वको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्यदेखि जनवर्गीय संगठनका अध्यक्ष समेत रहेका छन् ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ भने चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरूसँग भेटवार्ता हुनेछ।

भेटका क्रममा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष छलफल हुनेछ भने एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको पार्टीस्तरीय सम्बन्धका विषयमा अन्तरक्रिया हुने जनाइएको छ।

भ्रमण टोलीमा एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम र पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह छन् ।

यस्तै केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा अध्यक्ष तथा अखिल नेपाल महिला संघ टुकाभद्र हमाल तथा केन्द्रीय सदस्यहरू सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई र कपिलदेव पोखरेल छन् ।

यसैगरी जिफन्ट महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भूषाल, राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी सदस्य छन् ।

यस्तै सचिवालयका रूपमा राजेश राई र सरोजकुमार रेग्मी पनि भ्रमण दलका सदस्य छन् ।

यसअघि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको एक टोली पनि चीनका विभिन्न शहरहरूको भ्रमण गरेर फर्किएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: