काठमाडौं । अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कैयौँ भूभागलाई चीनले नयाँ नक्सामा आफ्नो सीमामा राखेको भन्दै भारतले चीनसँग कडा आपत्ति जनाएको छ। भारतका विदेश मन्त्री एस. जयशङ्करले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’माथि ‘कडा विरोध’ जनाएको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच दक्षिण अफ्रिकामा सीमा विवाद सुल्झाउनेबारे कुराकानी भएकै केही दिनमा चीनको नयाँ नक्सा आएको छ। चीनले यस अघि पनि ती भारतीय इलाकामाथि आफ्नो दाबी गर्दै आएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नक्साबारे प्रतिवाद गरेका छन्। उक्त विज्ञप्तिमा भनिएको छ, “चीनको तथाकथित २०२३ को ‘प्रचलित नक्सा’मा भारतीय भूभागमाथि दाबी गरिएको छ। त्यसप्रति हामीले कूटनीतिक माध्यमबाट कडा विरोध जनाएका छौँ।”
“हामी यस्तो दाबीलाई खारेज गर्छौँ र चिनियाँ पक्षले यस्तो कदम चाल्दा सीमा सम्बन्धी समस्या सुल्झनुको सट्टा बल्झिन्छ।”
विपक्षी दलको मोदीप्रति कटाक्ष
चिनियाँ सरकारी सञ्चार माध्यमले ‘राष्ट्रिय मानचित्र जागरूकता प्रचार सप्ताह’ को सन्दर्भमा यो नक्सा जारी गरिएको जनाएका छन्। नक्साबारे सामाजिक सञ्जालमा पनि बहस भइरहेको छ। विपक्षी नेता र सैनिक पूर्वअधिकारीले त्यसको आलोचना गरेका छन्।
कांग्रेस नेता राहुल गान्धीले बैङ्गलुरु जाँदै गर्दा विमानस्थलमा पत्रकारलाई भने,'मैले त वर्षौँदेखि भनिरहेको छु कl प्रधानमन्त्रीले एक इन्च जमिन गएको छैन भन्ने भनाइ झूट हो। म भर्खरै लद्दाख भ्रमणबाट फर्केको हुँ। प्रधानमन्त्री मोदीले लद्दाखमा एक इन्च जमिन उता नगएको भनेका छन्। त्यो सरासर झूट हो।'
चीनले मङ्गलवार नयाँ नक्सा जारी गरेपछि गान्धीले बेइजिङको विवाद सुल्झाउने कुनै मनसाय नभएको बताएका छन्। सन् १९९९ मा कारगिल युद्धका बेला सेना प्रमुख रहेका जनरल मलिकले “भारतले पनि एक चीन नीति त्याग्नु पर्ने” समय आएको बताएका छन्।
भारतको आपत्तिप्रति चीनले प्रतिक्रिया जनाइसकेको छैन।
सीमा विवादको इतिहास
भारतले धेरैजसो विवादित भूमिमाथि चिनियाँ गतिविधिप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिने गरेको छ। दुई छिमेकीबीच ३४४० किलोमिटर लामो लाइन अफ एक्चुअल कन्ट्रोल भनिने स्पष्ट रूपमा नकोरिएको सीमा रेखा छ। नदी ताल र हिउँका कारण त्यो रेखा कैयौँ स्थानमा यताउता परेको छ।
भारत चीन सीमामा रहेका यस्ता विन्दुको आमने सामने पर्दा दुई देशबीच झडप पनि हुने गरेको छ। गत डिसेम्बरमा पनि तवाङ शहर नजिकै रहेको त्यस्तै विन्दुमा दुई देशका सैनिकबीच झडप भएको थियो।
चीनले अरुणाचल प्रदेशको सम्पूर्ण भूभागलाई 'दक्षिण तिब्बत' भन्दै आफ्नो भूमि भएको दाबी गर्दै आएको छ। जसलाई भारतले कडा रूपमा अस्वीकार गर्छ। भारतले पनि चीनको नियन्त्रणमा रहेको अक्साई चीन पठार आफ्नो भन्ने दाबी गर्छ।
अरुणाचलका ११ स्थानलाई चीनले नयाँ नाम दिने प्रयत्न गरेपछि दिल्लीले गत अप्रिलमा त्यसप्रति कडा प्रतिक्रिया दिएको थियो। त्यसबेला अरुणाचल क्षेत्र सदैव आफ्नो "एकीकृत र अविभाज्य" भूभाग रहेको भारतले बताएको थियो।
चीन र भारतबीच सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा घातक झडप भए यता सम्बन्ध बिग्रिएको छ। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: