Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन: महानिर्देशक ढकाल

खबरडबली संवाददाता

काठमाडौँ । आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाइएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको औषधि व्यवस्था विभागले  बताएको छ । 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको औषधि पर्याप्त मात्रामा रहेको जानकारी दिए । “आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न खोजेको देखिन्छ”, उनले भने, “तर हामीसँग पर्याप्त मात्रामा आँखामा पाक्ने औषधि ‘आई ड्रप’ छ । आँखा अस्पताल र अस्पताल अगाडि रहेका औषधि पसलमा यो औषधि पाइन्छ ।”

एभरेष्ट पारान्टेरलल्स् सञ्चालक उमंग रानासरियाले आँखा पाक्ने सङ्क्रमण बढे पनि औषधिको अभाव हुन नदिएको बताए । “सङ्क्रमण बढेसँगै औषधिको माग बढेको छ  तर हामीले बढेको मागबमोजिम  आपूर्ति गरिरहेका छौ”, उनले भने, “आँखा अस्पतालमा हामीले प्रशस्त मात्रामा औषधि उपलब्ध गराएका छौ ।”

सञ्चालक रानासरियालका अनुसार माग बढेसँगै अहिले उत्पादन पनि तीन गुणा बढी भइरहेको छ । अहिले मासिक ९० हजार भाइल औषधिउत्पादन गरिरहेको उनको भनाइ थियो । 

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले आँखामा हाल्ने ‘आई ड्रप’को अभाव हुन नदिन र  मागअनुसार आपूर्ति भइरहेको बताए । आँखा पाक्ने रोगका लक्षणहरु आँखा रातो हुनु र चिलाउनु, आँखाबाट आँसु बगिरहनु वा कचेरारचिप्रा लाग्नु, आँखाको ढकनी रातो हुनु, सुन्निनु, आँखा बिझाउनुरदुख्नु र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनुजस्ता समस्या भाइरल ‘कन्जङ्क्टिभाइटिस’ मा हुने गर्दछ ।

भाइरल ‘कन्जङ्क्टिभाइटिस’को सङ्क्रमण भएपछि जथाभाबी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । 

यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका  सामान अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुहुँदैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

बङ्गलादेशमा दासमाथि भएको घटनाको विरोधमा इनरुवामा प्रदर्शन

इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...

राष्ट्रियसभा निर्वाचन: निर्वाचन अधिकृत नियुक्त

काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाच...

प्रचण्ड-नेपालले भेटे खनालपत्नी चित्रकार

काठमडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्...

शीतलहरबाट तराई-मधेश क्षेत्रको जनजीवन प्रभावित

महोत्तरी। अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबाल...

कर्णाली करिडोर खण्डमा सवारी दुर्घटना: छ जना घाइते

कालीकोट। जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश  ०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending