काठमाडौँ । संघीय राजधानी काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रबद्र्धनमा ध्यान दिन सांसदहरुले आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद प्रेमबहादुर महर्जनले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न जात्रा र पर्व सुरु हुन लागेकाले ती क्षेत्रको सडक मर्मत र सरसफाइलाई ध्यान दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद महर्जनका अनुसार यही भदौ १४, १५ र १६ गते जनैपूर्णिमा, गाईजात्रा र मर्तिया जात्रा सुरु हुँदैछ । प्रत्येक मठमन्दिर, सफा गर्न र भक्तदनलाई दिनभर घुम्ने वातावरणका लागि हिलाम्मे सडकको चाँडो मर्मत गर्न माग गरे ।
उनले जीवन्त संस्कृतिक सम्पदालाई सधैँ जगेर्ना गर्न उचित कोषको व्यवस्था गरिनुपर्ने भन्दै यस्ता सांस्कृतिक धरोहरलाई बचाउन सके पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सांसद दामोदर पौडेल बैरागीले पर्यटकीय सिजन सुरु हुन लागेकाले देशका प्रमुख पर्यटकीय क्षेत्र पोखरा र आसपासका पर्यटकीय गन्तव्य पुग्ने सडक जीर्ण बनेको भन्दै पर्यटकीय गन्तव्य जोड्ने सडकको चाँडो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामप्रकाश चौधरीले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन, कृषि, ऊर्जा, पर्यटनलगायतलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद शान्ति विकले संसद्लाई जग हसाइको थलो नबनाई देश र जनताप्रति इमान्दार र प्रतिनिधिमूलक थलोका रुपमा स्थापित गर्न माग गरिन् ।
उनले जातीय धार्मिक र पहिचानको नाममा सामाजिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै सबै सरोकारवाला सचेत रहन अनुरोध गरिन् ।
सांसद प्रभु हजराले राष्ट्रिय गौरवका आयोजनाको कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
उनले सबैखाले भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि छानबिन समिति गठन गरिनुपर्ने माग गरे ।
सांसद सरस्वती बजिमयले केही दिनदेखिको लगातारको वर्षाले पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको, प्राकृतिक प्रकोपजन्य घटनामा ठूलो धनजनको क्षति पुगेको र सडक, घर र बस्तीमा क्षति पुगेको भन्दै संघीय सरकारले बजेट व्यवस्थापन गरेर जनतालाई राहत र बसोबासको व्यवस्था मिलाउन माग गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १०:३३
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका...
फाल्गुन २९ गते, २०८२ - १०:२५
हिले । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्...
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...


प्रतिकृया लेख्नुहोस्: