Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सारुक आत्महत्या प्रकरणबारे बोलिन् नम्रता श्रेष्ठ: अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नहोस्

खबरडबली संवाददाता

काठमाडौ । अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छिन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसैबाट नगर्न आग्रह गरेकी छिन् ।

उनले आफ्नोबारे मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी छिन् । 

उनले लेखेकी छिन्:

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार 🙏🙏

धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु ! सन्दर्भ नेपाली चलचित्र '# MAYA' छायङकन को क्रम मा सोही चलचित्र का कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्मा हत्या गरी निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूक को निधन प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु .. स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए यो धटना ले हामीलाई अचम्मित तुल्याएको छ.. यस दुखद धडिमा मृत आत्मा को चिर शान्तिको कामना गर्दछु! यो धटना केही दिन पहिले धटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामन्य अबस्थामा पनी तेतीसारो मिडिया मा आउने मान्छे होइन म तर हाल यो धटना पश्चात एकलौटी रुप मा बिभीन्न मिडिया मार्फत कपोकल्पित समाचार हरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाब ले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसीम को हर्कत लाइ नजिक बाट नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक ..हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देश मा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुट को खेती गर्नु हुने सबै दिग्गज महानुभाव हरु लाइ सत्य को बाटो हिड्न को लागी आग्रह गर्दछु , थुप्रै मिडयाहरु बाट कल आएको थियो मेरो फोन मेरो दादा सॅग हुन्थ्यो , अहीले पनी मेरो परीवार ले नै HANDLE गर्नु हुन्छ तर मिडया मा बोल्दा अनुसन्धान मा असर पर्छ भनेर मेरो परिवार बाट बोल्ने अनुमति भएन,मैले बिभन्न टेलिभिजन बाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको INTERVIEW हरु लाइ बिभीन्न कुरा जोडेर तोडमोड गरियो TROLL बनउने प्रयास भयो त्यसकारण यस बखत टेलिभिजन INTERVIEW मा आइन ..आवश्यक पर्दा दिउला त्यस मा कुनै संकोच छैन,यो धटना सँग जोडीएका FABRICATED समाचार र बिभीन्न भिडियो हरू मेरो कानुनी टिम ले हेर्नेनै छ, म यस चलचित्र को एक कलाकार पनि थिए, सोही चलचित्र को कलाकार भएको कारण मैले प्रहरी प्रशासन ले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो सम्बेदनशील बिषय लाइ GLORIFY गर्नु उचित हुदैन! पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरू लाइ सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडिया हरू बाट यो धटना पछी VIEWS का लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूप मा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म धोर भर्त्सना गर्दछु। यो किसीम का तथ्यहीन समाचार प्रति सम्पूर्ण देश बिदेश मा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तक हरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु !म आफै पनि मेन्टल हेल्थ को SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषय लाइ मिडिया मा ल्याउन उचित ठानिन म TOTALLY घर अनी हस्पिटल तिर नै रहें , तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डा हरु फिजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाॅदा भिसा चाहिन्छ, प्रहरी प्रशासन लाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो.. तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ..

तर कतै भिजिट गरेको देखिन्नत भनेर SURPRISE हुनु भयो.. चलचित्र मेकीङ टिम र मृतक का परिवार सॅग मेरो परिवार का सदस्य हरू र सहयोगी ले शुरुका दिनहरु बाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क मा आउनु चाहनु भएन..

म आफु बिरामी नै थिए परीवार कै रेखदेख मा रहें.. जब मलाई प्रहरी प्रशासन बाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो धटना सम्बन्धि डिटेल INQUIRY भयो जे जे यथार्थ थियो र हो सबै बताए..सो चलचित्र को मेकिङ टिम, कलाकार हरु सबै जना सॅग सोधपुछ भइरहेको जस्तो लाग्छ.. किन की सो चलचित्र को कलाकार म मात्र थिइन। नेपाल प्रहरी बिश्व कै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ..

'कोही अपराधी नउम्कयोस निर्दोष नफसोस ' भन्ने भनाइ हो , जहाॅ सम्म कालो बोका र बुटी को कुरा लाइ फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहां लाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धान लाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं 'JUSTICE FOR SARUK ' निष्पक्ष छानबिन होस, म र मेरो परिवार को तर्फ बाट प्रहरी प्रशासन लाइ अनुसन्धान को सवाल मा पूर्ण सपोट रहने छ । अन्तमा मृतक को सम्पूर्ण परिवार लाइ धैर्य धारण गर्ने शक्ति मिलोस..आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरु प्रति मेरो भन्नु केही छैन, प्रशासन लाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ ।धन्यबाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस ..

नम्रता श्रेष्ठ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: