काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हतकडी लगाउने कुनै ठाउँ नभएकाे बताएका छन् । पदमा रहँदा आफुले कानूनबमोजिम नै काम गर्ने गरेको कारण पनि हतकडी लगाउने कुनै ठाउँ नभएकाे ताएका हुन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा गृहमन्त्री हुँदा गरेका काम कारवाहीहरु कानूनबमोजिम नै भएको भन्दै आफूलाई हतकडी लगाउने कुनै ठाउँ नभएको बताए ।
विरोधीहरुले सत्यका विरुद्धमा काम गर्छन् भन्ने आफूहरुलाई थाहा भएको र कानूनी रुपमा पनि कतै एक शब्द गल्ती नहोस् भनेर सतर्क रहेको बताए । अध्यक्ष ओलीले अहिलेका विभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयलाई उचालेको आरोप लगाए । उनले सुन तस्करी प्रकरणको तत्काल छानबिनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानबिन गर्नेगरी उच्चस्तरीय आयोग गठनमा सहमति भएको जिकिर गरे ।
उनले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा राजस्वले छाडेको र अहिले क्वीन्टल सुन टक्सारमा आउदा ६० किलोमा झर्नु शंकास्पद रहेको धारणा राखे । ओलीले विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन पनि यसअघि भन्सारबाटै गायब गरेको कुरालाई एमालेले उठाउदा विषयान्तर गर्न खाजिएको तर्क गरे ।
त्यस्तै उनले कोशी प्रदेशको नामाकरणमा मत दिएर बाहिर निस्किपछि प्रचण्ड र माधव नेपालका कार्यकताले पूर्वमा आन्दोलन चर्काएको आरोप लगाए । विभिन्न बहानामा नेपाली जनतालाई जुधाएर ताली बजाउने काम एमालेलाई स्वीकार्य नहुने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: