नवलपरासी बर्दघाट सुस्तापूर्व । नवलपुरको बौदीकाली गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ । आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो ।
गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवद्र्धनका लागि विभिन्न सामग्री सहयोग गरेको हो ।
गाउँपालिका भित्र रहेर परम्परागतरुपमा आरन व्यवसाय गर्दै आएका १६ जनालाई उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।
आरन व्यवसाय सङ्कटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष ओझाले बताए ।
“गाउँघरमा अझै पनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, यो पेसा व्यवस्थित बनाउँदै लैजाने, पेसा नै सङ्कटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोहीअनुसार सहयोग गरिएको हो”, अध्यक्ष ओझाले भने ।
परम्परागत सीपलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ आधुनिक औजार सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष ओझाले बताए । आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।
आरन सुधार कार्यक्रमअन्तर्गत विद्युतीय पङ्खा, गे्रडर, रेटि, प्लायर, सुरक्षित पञ्जा, चश्मालगायतका सामग्री प्रदान गरिएको हो । गाउँपालिकाले आरन सुधारसँगै दलित प्रवद्र्धन तथा सशक्तीकरण कार्यक्रममार्फत पालिकाभित्र सिलाइकटाइ गर्ने ३२ जनालाई सिलाइ मेसिन सहित सिलाइ सामग्री हस्तान्तरण गरेको छ ।
यसैगरी जुत्ताचप्पल सिलाउने सामाग्री दुई जनालाई हस्तान्तरण गरिएको छ । सिलाई पेशा गर्दै आएकालाई सिलाइ मेसिनसहित आइरन, कैँची, इन्टरलक मेसिन, झोला ज्याकेट सिलाउने मेसिनलगायतका सामग्री हस्तान्तर गरिएको अध्यक्ष ओझाले बताए ।
परम्परागतरुपमा आरन, कपडा सिलाइ तथा जुत्ताचप्पल सिलाइका पेसा गर्दै आएकाहरुलाई उत्प्रेरित गर्दै स्वरोजगारमूलक यस्ता खालका पेसालाई प्रवद्र्धन गर्न पालिकाले सहयोग गरेको अध्यक्ष ओझाले जानकारी दिए ।
पालिकाले आरान सुधार कार्यक्रम ल्याएर आफूहरूको पेसाको सम्मान तथा थप यो पेसालाई सुधार गर्न सहयोग गरेकामा बौदीकाली–३, रकुवाका हुमबहादुर सुनारले खुसी व्यक्त गर्नुभयो । यसले आफ्नो पेसालाई थप व्यवस्थित बनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
सामान्य आम्दानी हुने र आफूहरूले थप लगानी गरी सामग्री खरिद गर्नसमेत नसक्ने अवस्थामा पालिकाले जुत्ताचप्पल सिलाउने सामग्री प्रदान गरेकामा बौदीकाली–६ का लक्ष्मण सार्कीले खुसी व्यक्त गरे ।
गाउँपालिकाले दलित प्रवद्र्धन तथा सशक्तीकरण कार्यक्रममा विनियोजन गरेको छ लाख र आरन सुधार कार्यक्रमका लागि विनियोजन गरेको तीन लाख ५० हजार गरी कूल नौ लाख ५० हजारका विभिन्न सामग्री खरिद गरि हस्तान्तरण गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: