Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा सांसदहरुले आ-आफ्नो धारण राखिरहेका छन् ।

बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै विभिन्न सांसदहरुले जनताको जनजीविकासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद तेजुलाल चौधरीले टीकापुर घटनाको बारेमा सत्यतथ्य छानबिन गरेर जेलमा भएका राजबन्दीलाई रिहाइ गर्न माग गरे । उनले टीकापुर घटना राजनीतिक प्रकारको भएकाले गम्भीर रुपमा लिएर राजबनदीलाई तत्काल रिहाइ नगरे पुनः अर्को त्यस्तै घटना दोहोरिन सक्ने बताए ।

रास्वपाका उपसभापतिसमेत रहेका सांसद डोलप्रसाद अर्यालले सरकारले साउन ३१ गते राजपत्रमा सूचना प्रकाशित गरेर लागू गरेको श्रमीकको नयाँ पारिश्रमीक सबै क्षेत्रमा लागू गर्न माग गरे । नेकपा एमालेका सांसद दामोदर भण्डारीले सुदूरपश्चिममा आजबाट मनाईँदै गरेको गौरा पर्वको शुभकामना व्यक्त गरे । त्यस्तै उनले वर्षात्का कारण अवरुद्ध भिमदत्त राजमार्ग तत्काल सञ्चालनको वातावरण निर्माण गर्न माग गरे ।

सांसद दीपा शर्माले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायले जारी राखेको आन्दोलप्रति सरकारको ध्यानाकर्षण गरिन् । त्यस्त अर्का सांसद दूलर्भ थापा क्षेत्रीले भक्तपुरमा भदौ ३ गते भएको बालगृहको घटनाप्रति तत्काल छानबिन गरि मृतक बालकका परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन माग गरे ।

कांग्रेसका अर्का सांसद देवप्रसाद तिमल्सिनाले रौटहटमा बन्द अवस्थामा रहेको श्रीराम चिनी मिल तत्काल सञ्चालनमा ल्याउन माग गरे । सांसद धनबहादुर बुढाले डोल्पामा रहेका दुईवटा नाका बन्द अवस्थामा रहेका कारण नागरिकको जनजीवन प्रभावित भएको जानकारी गराउँदै उक्त नाका सूचारु हुने वातावरण बनाउन सरकारसँग माग गरे ।

राप्रपा सांसद धवल समशेर जबराले विघटित कपास विकास समिति पुनः सञ्चालनमा ल्याउन माग गरे । उनले मन्त्रिपरिषद्बाट पारित नयाँ शिक्षा ऐनका कतिपय प्रावधानहरुले भविष्यमा नेपालको शिक्षा प्रणाली ध्वस्त हुने खतरा बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद धु्रबबहादुर प्रधानले नवलपरासीमा देखिएको खानेपानीको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । सांसद नारायणप्रसाद आर्चायले वर्षात्का कारण अवरुद्ध पाल्पाको आर्यवेनी रामपुर सडकखण्ड सहजरुपमा सञ्चालनको व्यवस्था गर्न माग गरे ।

त्यस्तै एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकार हरायो भन्दै सरकारको खोजी गर्न माग गरे । सांसद निशा डाँगीले भक्तपुरको बाल सुधार गृहमा भएको घटनाको बारेमा छानबिन गर्न माग गरिन् । सांसद प्रकाशमान सिंहले देशैभर परिरहेको अविरल वर्षात्का कारण बाढी पहिरोका घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद प्रदीप पौडेलले त्रिवि अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्था आन्दोलनमा रहेको स्मरण गराउँदै इन्जिनियरिङको स्नातक तहको पढाइमा भएको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरे । उनले त्रिवि सूधारका लागि शिक्षा मन्त्रालयसँग स्वतपत्र जारी गर्न माग गरे । अर्का सांसद प्रतिमा गौतमले सदन अवरुद्ध भएकोप्रति असन्तुष्ट व्यक्त गरिन ।

अर्का सांसद प्रभु हजाराले मधेशमा देखिएको चरम खानेपानीको समस्या समाधान गर्न सरकारसँग माग गरे । उनले वीरगञ्जमा अनावश्यकरुपमा प्रहरी र भन्सारको चेकजाँच लाई सहज बनाउन माग गरे । सांसद प्रेमबहादुर महर्जनले पछिल्लो समय देशैभरका सहमा बालबालिक हराउनेक्रम बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद बद्रि पाण्डेले पशुहरुमा देखिएको लम्पि स्किनको रोग नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरे । सांसद बलराम अधिकारीले अव्यवस्थितरुपमा सडकमा छाडिएका गाईबस्तेलाई व्यवस्थित गर्न माग गरे । अर्का सांसद बासुदेव घिमिरेले स्थानीय तहले भोग्दै आएको फोहारमैला व्यवस्थापनको समस्यालाई प्रदेश र संघ सरकारले समन्वय गरेर सहज बनाउन माग गरे । अर्का सांसद बिन्दाबासिनी कंशाकारले हैटौडामा सडक फराकिलो बनाउने नाममा जनताका घर टहरा भत्काउने काम तत्काल रोक्न माग गरिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending