Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा सांसदहरुले आ-आफ्नो धारण राखिरहेका छन् ।

बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै विभिन्न सांसदहरुले जनताको जनजीविकासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद तेजुलाल चौधरीले टीकापुर घटनाको बारेमा सत्यतथ्य छानबिन गरेर जेलमा भएका राजबन्दीलाई रिहाइ गर्न माग गरे । उनले टीकापुर घटना राजनीतिक प्रकारको भएकाले गम्भीर रुपमा लिएर राजबनदीलाई तत्काल रिहाइ नगरे पुनः अर्को त्यस्तै घटना दोहोरिन सक्ने बताए ।

रास्वपाका उपसभापतिसमेत रहेका सांसद डोलप्रसाद अर्यालले सरकारले साउन ३१ गते राजपत्रमा सूचना प्रकाशित गरेर लागू गरेको श्रमीकको नयाँ पारिश्रमीक सबै क्षेत्रमा लागू गर्न माग गरे । नेकपा एमालेका सांसद दामोदर भण्डारीले सुदूरपश्चिममा आजबाट मनाईँदै गरेको गौरा पर्वको शुभकामना व्यक्त गरे । त्यस्तै उनले वर्षात्का कारण अवरुद्ध भिमदत्त राजमार्ग तत्काल सञ्चालनको वातावरण निर्माण गर्न माग गरे ।

सांसद दीपा शर्माले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायले जारी राखेको आन्दोलप्रति सरकारको ध्यानाकर्षण गरिन् । त्यस्त अर्का सांसद दूलर्भ थापा क्षेत्रीले भक्तपुरमा भदौ ३ गते भएको बालगृहको घटनाप्रति तत्काल छानबिन गरि मृतक बालकका परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन माग गरे ।

कांग्रेसका अर्का सांसद देवप्रसाद तिमल्सिनाले रौटहटमा बन्द अवस्थामा रहेको श्रीराम चिनी मिल तत्काल सञ्चालनमा ल्याउन माग गरे । सांसद धनबहादुर बुढाले डोल्पामा रहेका दुईवटा नाका बन्द अवस्थामा रहेका कारण नागरिकको जनजीवन प्रभावित भएको जानकारी गराउँदै उक्त नाका सूचारु हुने वातावरण बनाउन सरकारसँग माग गरे ।

राप्रपा सांसद धवल समशेर जबराले विघटित कपास विकास समिति पुनः सञ्चालनमा ल्याउन माग गरे । उनले मन्त्रिपरिषद्बाट पारित नयाँ शिक्षा ऐनका कतिपय प्रावधानहरुले भविष्यमा नेपालको शिक्षा प्रणाली ध्वस्त हुने खतरा बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद धु्रबबहादुर प्रधानले नवलपरासीमा देखिएको खानेपानीको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । सांसद नारायणप्रसाद आर्चायले वर्षात्का कारण अवरुद्ध पाल्पाको आर्यवेनी रामपुर सडकखण्ड सहजरुपमा सञ्चालनको व्यवस्था गर्न माग गरे ।

त्यस्तै एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकार हरायो भन्दै सरकारको खोजी गर्न माग गरे । सांसद निशा डाँगीले भक्तपुरको बाल सुधार गृहमा भएको घटनाको बारेमा छानबिन गर्न माग गरिन् । सांसद प्रकाशमान सिंहले देशैभर परिरहेको अविरल वर्षात्का कारण बाढी पहिरोका घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद प्रदीप पौडेलले त्रिवि अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्था आन्दोलनमा रहेको स्मरण गराउँदै इन्जिनियरिङको स्नातक तहको पढाइमा भएको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरे । उनले त्रिवि सूधारका लागि शिक्षा मन्त्रालयसँग स्वतपत्र जारी गर्न माग गरे । अर्का सांसद प्रतिमा गौतमले सदन अवरुद्ध भएकोप्रति असन्तुष्ट व्यक्त गरिन ।

अर्का सांसद प्रभु हजाराले मधेशमा देखिएको चरम खानेपानीको समस्या समाधान गर्न सरकारसँग माग गरे । उनले वीरगञ्जमा अनावश्यकरुपमा प्रहरी र भन्सारको चेकजाँच लाई सहज बनाउन माग गरे । सांसद प्रेमबहादुर महर्जनले पछिल्लो समय देशैभरका सहमा बालबालिक हराउनेक्रम बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद बद्रि पाण्डेले पशुहरुमा देखिएको लम्पि स्किनको रोग नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरे । सांसद बलराम अधिकारीले अव्यवस्थितरुपमा सडकमा छाडिएका गाईबस्तेलाई व्यवस्थित गर्न माग गरे । अर्का सांसद बासुदेव घिमिरेले स्थानीय तहले भोग्दै आएको फोहारमैला व्यवस्थापनको समस्यालाई प्रदेश र संघ सरकारले समन्वय गरेर सहज बनाउन माग गरे । अर्का सांसद बिन्दाबासिनी कंशाकारले हैटौडामा सडक फराकिलो बनाउने नाममा जनताका घर टहरा भत्काउने काम तत्काल रोक्न माग गरिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending