काठमाडौं । राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले पहिलो दिन दोहोरो जित हात पारेको छ ।
सल्लाघारीस्थित स्कुलको आफ्नै फुटसल कोर्टमा भएको प्रतियोगितामा समूह बी मा रहेको लर्निङ जोनले मोर्डन बोर्डिङ हाइअर सेकेण्डरी स्कुललाई ३-१ ले र काठमाडौं गुरुकुललाई ६-० ले पराजित गरेको हो । दुई जितपछि ६ अंक जोडेर लर्निङ जोन एकेडेमी शीर्ष थानमा छ ।
यस्तै पहिलो दिनकै अन्य खेलमा समूह बी मा प्यारागन पब्लिक स्कुल र काठमाडौं गुरुकुलुले एक एक खेल जितेर्का छन् । प्यारागनले युनाइटेड युनिभर्सल स्कुललाई १-० ले हराउँदा काठमाडौं गुरुकुलले मोर्डन बोर्ड हाइअर सेकेण्डरी स्कुललाई ४-२ ले हरायो । काठमाडौं गुरुकुलले ३ खेलमा एक खेल जित्दा प्यारागनले २ खेलमा १ खेल जितेको हो ।
मोर्डन बोर्डिङ स्कुलले भने तीनवटै खेलमा हार बेहोर्यो । अपराजित लर्निङ जोन ६ अंकसहित शीर्ष स्थानमा रहँदा प्यारागन र काठमाडौं गुरुकुलको समान ४ अंक छ ।
यस्तै समूह ए अन्तर्गत पहिलो दिन ग्लोबल पब्लिक स्कुल, काव्य स्कुल, अक्षरा स्कुल र रातो बंगला स्कुलले समान एक खेल जितेका छन् । ग्लोबल पब्लिक स्कुलले सूर्य विनायक स्कुललाई १-० ले पराजित गर्यो ।
अर्को खेलमा भने ग्लोबल पब्लिक स्कुल अक्षरा स्कुलसँग २-१ ले पराजित भयो । यस्तै ग्लोबल र काव्यबीचको खेल गोलरहित बराबरीमा सकियो । यसैगरी काव्य स्कुलले सूर्य विनायक स्कुललाई २-१ ले हरायो भने काव्य स्कुल रातो बंगला स्कुलसँग भने २-० ले पराजित भयो । पहिलो दिन अपराजित रहेका अक्षरा र रातो बंगलाले भने गोलरहित बराबरी खेले ।
सूर्य विनायक स्कुल भने दुवै खेलमा पराजित भयो । अपराजित अक्षरा र रातो बंगलासँगै काव्य र ग्लोबल पब्लिक स्कुलको समान ४ अंक छ ।
नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेत र विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले बल हस्तानतरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: