Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सकिना महर्जनले चुमिन् मिस नेवाः नेपाल ११४३ को उपाधि

खबरडबली संवाददाता

काठमाडाैं । नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित नेवार सुन्दरीहरुको प्रतिभामूलक प्रतियोगीतामा चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले १७ औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी छन् ।

सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी हुन। सकिनाले उपाधिवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन्। मंगलबार राती कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवारी कला, संस्कृति र भेषभुषामा भव्यताका साथ सम्पन्न प्रतियोगितामा उनी प्रमूख उपाधिका साथ मिस पर्सनालिटी उपउपाधि विजेता पनि भएकी छन् । त्यसैगरी काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस पब्लिक च्वाइस र डल्लुकी मिनशा महर्जन सेकेण्ड रनर्सअप भएकी छन् । रिधिशा र मिनशाले पुरस्कारवपात क्रमशः २५ र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन् । 

प्रतियोगितामा कृष्टी प्रजापति मिस ट्यालेन्ट र तस्बिर मिस फोटोजेनिक, अंशु प्रजापति वेस्ट नेपाल भाषा, तिमिला महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ, एड्रिना श्रेष्ठ वेस्ट ड्रेस, खुशी डंगोल मिस कल्चर, तुलसी कंसाकार मिस ट्यालेन्ट फस्ट रनर्सअप, रितिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप, सुबिता देउला सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, अविशा कपाली सोसियल वेलफेयर एम्बेस्डर चिफ सेकेण्ड रनर्सअप र मिस फ्रेन्डशिप, तुलसा प्रजापति वेस्ट हेयर, युनिशा महर्जन मिस चार्मिङ र रोजिना महर्जन मिस डिसिप्लिन उपाधि विजेता भएका छन् ।

मिस नेवाः नेपाल ११३१ तथा काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य र वरिष्ठ समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न १८ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन्। प्रमूख अतिथी काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले आफु मिस नेवाः भएकै कारण यहाँसम्म पुगेको र आफुलाई पूर्व मिस नेवाः नभई मिस नेवाः मात्र भन्न आग्रह गर्दै एकपटकको मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन्। उनले नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको समेत बताइन् ।

समाजसेवी देवराज डंगोल, मिस नेवाः नेपाल ११४२ सलिना महर्जन, नेपाल टेलिभिजनको पहिलो महिला टेलिभिजन समाचार बाचिका, पूर्व सकर खेलाडी तथा राष्ट्रिय नेपाल महिला फुटबल टिमकी कप्तान रमा सिंह, टोखा नेवा गुठीका अध्यक्ष रमेश नापित, उप्रेती सेवा समाज समितिका अध्यक्ष सोवित उप्रेती र केन्द्रीय सचिव बलराम प्रसाद, भक्तबिर सिंह तुलाधर फाउन्डेसनका अध्यक्ष अवाणी तुलाधरलगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल टेलिकम प्रमुख सञ्चालन अधिकृत कार्यालयका प्रबन्धक सरोजकुमार शाक्य प्रमुख निर्णायक रहेका थिए ।

नेपाल क्योकुसिन सेशिन काइकान करातेका अध्यक्ष अशोककुमार श्रेष्ठ, आईपीडीजी लायन्स क्लब अफ डिस्ट्रिक ३२५ यल मनिश्री रत्न बज्राचार्य, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीबेश्वरलाल श्रेष्ठ, दन्त विशेषज्ञ डा. शिक्षिता श्रेष्ठ, नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित, माँ बगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन र नेपाल बक्सिङ फेडेरेसनका अध्यक्ष राम अवाले निर्णायक थिए।

कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चाालन र राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिसः नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending