Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सकिना महर्जनले चुमिन् मिस नेवाः नेपाल ११४३ को उपाधि

खबरडबली संवाददाता

काठमाडाैं । नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित नेवार सुन्दरीहरुको प्रतिभामूलक प्रतियोगीतामा चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले १७ औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी छन् ।

सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी हुन। सकिनाले उपाधिवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन्। मंगलबार राती कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवारी कला, संस्कृति र भेषभुषामा भव्यताका साथ सम्पन्न प्रतियोगितामा उनी प्रमूख उपाधिका साथ मिस पर्सनालिटी उपउपाधि विजेता पनि भएकी छन् । त्यसैगरी काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस पब्लिक च्वाइस र डल्लुकी मिनशा महर्जन सेकेण्ड रनर्सअप भएकी छन् । रिधिशा र मिनशाले पुरस्कारवपात क्रमशः २५ र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन् । 

प्रतियोगितामा कृष्टी प्रजापति मिस ट्यालेन्ट र तस्बिर मिस फोटोजेनिक, अंशु प्रजापति वेस्ट नेपाल भाषा, तिमिला महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ, एड्रिना श्रेष्ठ वेस्ट ड्रेस, खुशी डंगोल मिस कल्चर, तुलसी कंसाकार मिस ट्यालेन्ट फस्ट रनर्सअप, रितिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप, सुबिता देउला सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, अविशा कपाली सोसियल वेलफेयर एम्बेस्डर चिफ सेकेण्ड रनर्सअप र मिस फ्रेन्डशिप, तुलसा प्रजापति वेस्ट हेयर, युनिशा महर्जन मिस चार्मिङ र रोजिना महर्जन मिस डिसिप्लिन उपाधि विजेता भएका छन् ।

मिस नेवाः नेपाल ११३१ तथा काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य र वरिष्ठ समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न १८ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन्। प्रमूख अतिथी काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले आफु मिस नेवाः भएकै कारण यहाँसम्म पुगेको र आफुलाई पूर्व मिस नेवाः नभई मिस नेवाः मात्र भन्न आग्रह गर्दै एकपटकको मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन्। उनले नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको समेत बताइन् ।

समाजसेवी देवराज डंगोल, मिस नेवाः नेपाल ११४२ सलिना महर्जन, नेपाल टेलिभिजनको पहिलो महिला टेलिभिजन समाचार बाचिका, पूर्व सकर खेलाडी तथा राष्ट्रिय नेपाल महिला फुटबल टिमकी कप्तान रमा सिंह, टोखा नेवा गुठीका अध्यक्ष रमेश नापित, उप्रेती सेवा समाज समितिका अध्यक्ष सोवित उप्रेती र केन्द्रीय सचिव बलराम प्रसाद, भक्तबिर सिंह तुलाधर फाउन्डेसनका अध्यक्ष अवाणी तुलाधरलगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल टेलिकम प्रमुख सञ्चालन अधिकृत कार्यालयका प्रबन्धक सरोजकुमार शाक्य प्रमुख निर्णायक रहेका थिए ।

नेपाल क्योकुसिन सेशिन काइकान करातेका अध्यक्ष अशोककुमार श्रेष्ठ, आईपीडीजी लायन्स क्लब अफ डिस्ट्रिक ३२५ यल मनिश्री रत्न बज्राचार्य, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीबेश्वरलाल श्रेष्ठ, दन्त विशेषज्ञ डा. शिक्षिता श्रेष्ठ, नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित, माँ बगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन र नेपाल बक्सिङ फेडेरेसनका अध्यक्ष राम अवाले निर्णायक थिए।

कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चाालन र राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिसः नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending