डडेल्धुरा । डडेल्धुराको आलिताल गाउंपलिका वडा न. २ का वडा अध्यक्ष प्रमोद मल्ललाई पछिल्लो समयमा जनतासंग नजिक भएर काम गरिरहेका छन् । २०७९ सालको स्थानिय तहको चुनावमा निर्वाचित भएका वडा अध्यक्ष मल्लले छोटो समयमा नै जनताका पक्षमा राम्रै काम गरेका कारण जनताकाे मनमनमा बस्न सफल भएका छन् ।
मल्लले कहिले जनताको समस्यालाई माथिल्लो तहबाट समाधानको आग्रह गरेर सामधान गर्छन् त केहि समस्या आफनै वडाको बजेटले गर्ने गरेका छन् । उनले पाँच वर्षमा गर्नुपर्ने काम धेरै रहेका भए पनि उनले एकै वर्षमै वडामा वर्षौ देखिका अधुरा कामहरु गरी पुरा गरेका छन् । उनी निर्वाचित भए सँगै समुदाय स्तरमै उत्पादित दहगाढ जलबिधुत सेवा प्रयोग गरे वाफत एक सय रुपैया तिर्दै आएको शुल्कलाई पनि अध्यक्ष मल्लले निशुल्क गरेका थिए ।उनी निर्वाचित भए सँगै उणीकोट माध्यामिक बिद्यालयमा कक्षा ११ सम्मको पढाई पनि सुरु भएकाे छ । आफु वडा अध्यक्ष निर्वाचित हुनु भन्दा पहिला देखि नै उक्त बिद्यालयमा कक्षा १२ सम्म पढाई संचालन गर्ने पहल गरिरहेका मल्लले आफु वडा अध्यक्षमा निर्वाचित भए गलत्तै कक्षा ११ सम्मको पढाई सञ्चालन गरेका हुन । कक्षा ११ सम्मको पढाई सुरु गरेर मल्लले अर्को राम्रो काम गरेको स्थानिय बताउछन् ।
तेस्तै मल्लले सञ्चारको क्षेत्रमा पनि जनतालाई सेवा दिन पछि परेका छैनन् ।लामो समय देखि निर्माण सम्पन्न भएको तिम्तराको नेपाल टेलिकमको टावरमा नेटवर्क सुचारु हुन सकेको थियन तर मल्लको पहलमा अहिले सेवा सुचारु भएको छ । मल्ल जनताको समस्यालाई सदैब अग्रस्थानमा राखेर आफु काम गरेको बताउँछन् । केहि महिना अगाडी सम्म बृद्ध भत्ता लिन आलितालको नबिल बैंक नै धाउनु पर्ने समस्याबाट पनि सेवाग्राही मुक्त भएका छन् । मल्लले मदिराको नसामा लठ्ठ परेका मानिसहरुको आखां खोली दिएका छन् । उनले आफू निर्वाचित भए लगत्तै वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरे । मदिराको नसामा लठ्ठीएर सामाजिक बिकृति निम्त्यायने मानिसहरु अहिले कृषि उत्पादनमा जोडेर अगाडी बढीरहेको उनी बताउँछन् ।
उनि जनतालाई परेको समस्यामा आफै सहयोगमा खटिन्छन् । उनी बिरामी भएका सर्वसाधरणलाई आफै स्टेचरमा बाेकेर अस्पताल सम्म पुर्याउन लागि पर्ने गरेका छन् । मटेला गाउंमा प्रसवपिडामा छटपटाई रहेकी गोमा देउवालाई आफैले स्टेचरमा बोकेर गाखेत स्वास्थ्य चौकिमा पुगाउन पनि उनी आफै पुगे । केहि दिन अगाडी आएको अविरल बर्षाका ग्रामीण सडक अबरुद्ध भएका कारण एम्बुलेन्स जान नसक्दा स्टेचरमा नै बोक्नु परेको कार०ा पनि याे समयमा जनताकाे घरघरमा पुगेर उनीहरुकाे साेवा गरी रहेका छन् ।
जनताको समस्यालाई नजिकबाट हेरिरहेका मल्लले आफु जनताको सेवाका लागि नै निर्वाचित भएकाले जनताको सेवामा सधै समर्पित रहने बताउँछन् । ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: