Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

कीटनाशक विषादीयुक्त तरकारीबाट उपभोक्ता मर्कामा

\"vegetable-and-fruits\"पाँचथर । कीटनाशक विषादी प्रयोग गरेपछि तत्कालै बजारमा ल्याएर कृषकले तरकारी बिक्री वितरण गर्दै आएकाले जनस्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । विषादी प्रयोग गरेपछि पर्खिनुपर्ने समयको वास्ता नगरी तरकारी तथा फलफूल बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड भइरहेको उनीहरुको आरोप छ । फिदिम नगरपालिका वडा नं १ मा बस्दै आएका भानु तामाङले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर लापर्बाही भइरहेको आरोप लगाएका छन् । फिदिम–४ मा डेरा गरी बस्दै आएका सन्तोष लिम्बूले विषादीको प्रयोग गरेपछि खानयोग्य हुँदामात्रै कृषकले बजारमा बिक्रीका लागि ल्याउनुपर्ने तर त्यस्तो नभएको बताए । यसबारे जिल्ला कृषि विकास कार्यालयले कृषकलाई सचेतना जगाउनुपर्ने उनको भनाइ छ । तर जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले भने कृषकलाई कार्यालय र मातहतका सेवा केन्द्रले पटक–पटक विषादीको प्रयोग न्यूनीकरण गर्ने, यदि गरिए पनि सुरक्षित विषादीको प्रयोग गर्न र विषादी प्रयोग गरेपछि खानायोग्य हुने अवधिबारे जानकारी गराउँदै आएको बताए । उनले बजारमा खानयोग्य तरकारी र फलफूल भए÷नभएको परीक्षण गर्न प्रयोगशाला नहुँदा समस्या भएको उल्लेख गरे । जिल्ला अस्पताल पाँचथरका डा ओमप्रकाश यादवले कीटनाशक विषादी प्रयोग गर्नसाथ खानयोग्य नभई तरकारी र फलफूल सेवन गरे मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने बताए । अर्गानो फोस्फेट पोइजनिङअन्तर्गतका प्याराथाइनलगायतका विषादी तरकारी बालीमा प्रयोग गरेर चाँडै  सेवन गरे स्वास्थ्यमा असर गर्ने उनको भनाइ छ । । विषादी प्रयोग गरेको जति लामो अवधि भो त्यति नै असर कम हुने डा यादवले उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending