Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

चित्त नबुझ्नेले शान्तिपूर्ण रुपमा माग राख्नुहोस् – नेता नेपाल

\"Madhavकाठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले सात प्रदेशमा चित्त नबुझ्नेले शान्तिपूर्ण प्रक्रियाबाट आफ्ना माग राख्नुपर्ने बताएका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको १०औँ सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सात प्रदेशकै विषयलाई लिएर बन्द हडताल नगर्नसमेत आग्रह गर्दै भने – ‘प्रदेशकै विषयमा कुरा नमिली संविधान नबन्ने अवस्था आउनुहुन्न, सहमति र सहकार्यका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने गृहकार्यमा जुटेका छौँ’, उनले भने । कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् सभासद् अमृतकुमार बोहराले नेपाली जनताको भावना र विसं २०६२÷२०६३ को आन्दोलनको भावनाअनुरुप संविधान जारी गरिनुपर्नेमा जोड दिए । एमाले केन्द्रीय सदस्य एवम् सभासद् शेरबहादुर तामाङले सहमति र सहकार्यका आधारमा जारी हुने संविधानलाई मान्दै थप अधिकार प्राप्तिका लागि शान्तिपूर्ण तरिकाबाट जनताको मन जित्नुपर्ने बताए । एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल र सम्पर्क मञ्चका अध्यक्ष खेलनाथ सिग्देललगायतले छिटो संविधान जारी हुनुपर्नेमा जोड दिएका थिए ।  दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा ९०० प्रतिनिधिको सहभागिता रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending