Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

टीकापुरमा कर्फ्यु हटाइयो

\"Dhangadi\"धनगढी । अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच शुक्रबार भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा गएराति ९ बजेदेखि लगाइएको कर्फ्यु शनिबार बिहान ६ बजेबाट हटाइएको छ । कर्फ्यु हटाइएपछि टीकापुर नगर क्षेत्रको स्थिति केही सामान्य बनेको छ । तर, बजार क्षेत्रमा पसल भने खुल्न सकेका छैनन् । यसैबीच जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म उत्तरमा पथरैया गाविस, दक्षिणमा धनसिंपुर गाविस, पूर्वमा कर्णाली नदी र पश्चिममा मुनुवा गाविसभित्रको टीकापुर नगर क्षेत्रमा सभा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । अखण्ड पक्षधरले गरेको मोटरसाइकल र्‍यालीलाई थरुहट पक्षधरले टीकापुर नजिकको दुर्गौली क्षेत्रमा शुक्रबार बाधा अवरोध गर्दै ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको थियो । झडप पछिको स्थिति नियन्त्रणमा लिने क्रममा तीन जना प्रहरी घाइते भएका थिए । झडपमा १४ अखण्ड पक्षधर पनि घाइते भएका थिए । मोटरसाइकल र्‍यालीमा अवरोध पुर्‍याइएपछि आक्रोशित भएका अखण्ड पक्षधरले झडपकै क्रममा बाटोमा पर्ने केही सर्वसाधारणका घरमा तोडफोड गरेका थिए । यस्तै थरुहट पक्षधरले र्‍यालीका केही मोटरसाइकल नियन्त्रणमा लिई तोडफोड गरेका थिए । थरुहटका कार्यकर्ताले रेडियो घोडाघोडी एफएमका पत्रकार नवराज खनालमाथि शुक्रबार आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका खनाल उपचारका लागि अस्पताल भर्ना भएका छन् । दुई पक्षबीच भएको झडपको स्थितिले कैलाली जिल्लामा सुरक्षा चुनौती बढेपछि टीकापुर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । यसैबीच सामाजिक सद्भाव कायम राख्न पहल गर्ने प्रयासस्वरुप आज सर्वपक्षीय बैठक बोलाइएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए । यसैबीच थरुहट पक्षले गरेको बन्द भने कैलालीमा यथावत रहने बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending