दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् ।
‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’ उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताए । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ ।
तर, महारले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे । उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।
‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो,’ उनले भने, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: