Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

खबरडबली संवाददाता

टक्सार । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् ।

अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।” उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन ।

आफूले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची व्यवसाय गरे पनि यस वर्ष उत्पादन नभएको प्रधानको गुनासो छ । अलैँची  उत्पादनमा गिरावट आएपछि समस्यामा परेको भोजपुर नगरपालिका–१० का कृषक दुर्जधन राईले बताए । यस वर्ष अलैँचीको मूल्य प्रतिमन रु ६० हजारभन्दा माथि भए पनि उत्पादन ७० प्रतिशतभन्दा बढीले कमी आएको कृषक उनको भनाइ छ । गत वर्ष किसान राईले चार मन अलैँची उत्पादन गरेका थिए । 

वर्षौँदेखि बाँझो रहेको जग्गामा कृषकले मुख्य आम्दनीको स्रोतका रूपमा अलैँचीखेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा भित्तामा पनि अलैँचीखेती गर्न सकिने भएकाले यसतर्फ कृषकको लगाव बढी देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

कृषकलाई प्रधानमन्त्री अधुनिकीकरण परियोजनाले प्रविधिक तथा ५० प्रतिशत लागत साझेदारीमा थप खेती विस्तारमा सहयोग गरेपछि अलैँची खेती गर्ने कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए । 

खडेरी र रोगले अलैँची नष्ट भएपछि उत्पादनसमेत घटेको हो । उत्पादन नघट्ने हो भने कृषकको आर्थिकस्तरमा मात्र नभएर जिल्लाको अर्थतन्त्रमा समेत अलैँचीले सहयोग गर्ने भोजपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण मोक्तानले बताए । “कृषकलाई उचित मूल्य पाउनै समस्या हुन्छ, मूल्य बढ्दा उत्पादनमा कमी आएको छ, कृषक मारमा छन्”, उनले भने ।
 
खेतीमा लाग्ने विभिन्न रोगका कारण पनि उत्पादन कमी आएको अलैँची व्यवसायी महासङ्घ भोजपुरका अध्यक्ष राजेश विष्टले बताए । बगानमा छिर्केफुर्के, जरा तथा पाना कुहिने, डढुवाजस्ता रोग देखिने भएकाले पनि उत्पादनमा कमी आएको उनको भनाइ छ ।

जिल्लाको दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडानन्द नगरपालिका, कोट, सिद्धेश्वर, चम्पे, बोखिम, भैँसीपङ्खा, भोजपुर, बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, हेलौछालगायत करिब एक हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ । 

अन्तर्राष्ट्रिय बजारमै नेपालबाट निर्यात गरिने अलैँचीको मूल्यमा आएको गिरावटले आम्दानीभन्दा श्रम ज्यादा हुने गरेको बताइएको छ ।  अलैँची उत्पादनअनुसार मूल्य नभएपछि सिजनका बेला बगानमा अलैँची टिप्ने, छोडाउने, सुकाउने, ओसार्ने, गोडमेल गर्ने, पानी लगाउने काममा श्रमिकलाई दिइने ज्यालामात्रै रु दुई लाखसम्म लाग्ने गरेको अलैँची कृषकको गुनासो छ ।

अलैँची कृषक बखतबहादुर श्रेष्ठले यस वर्ष मूल्यमा वृद्धि भएको भए पनि उत्पादनमा कमी आएको बताए । “हामी मूल्य बढ्नुपर्छ भनेर चिन्तित थियौँ, तर बढेर पनि उप्त्पादन घट्दा हामी कृषकलाई फाइदा भएन”, उनले भने । भोजपुरमा उत्पादन भएको अलैँची धनकुटाको हिले, सङ्खुवासभा, धरान, झापाको बिर्तामोडमा सङ्कलन हुँदै बाहिरी बजारसम्म बिक्रीका लागि जाने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र मृतक रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टिकरण: समन्वयमै करिडोर विस्तारको काम भएको हो

काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...

ओली निवासमा गला अवरुद्ध भएका जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थप...

मेहताको शव बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री त्रिवि शिक्षण अस्पताल जाने

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेक...

बैंकिङ क्षेत्रसँग सहकार्य बढाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण सुधार गर्न सरकारले बैंकिङ...

ग्यासको कालोबजारी रोक्न 'ट्र्याकिङ' प्रणाली लागू गर्न सांसद अन्सारीको माग

काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेक...

सुकुमवासी समस्या समाधानमा सरकारलाई सहयोग गर्न एमाले तयार : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...

‘म्याच फिक्सिङ’ आरोपमा अमेरिकी क्रिकेटर रेड्डीमाथि आठ वर्ष प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...

आर्थिक समृद्धिका लागि सहायता र व्यापार विस्तारमा जोड दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending