काठमाडौँ । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन ।
मन्त्रिपरिषद्को उक्त बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्मा पेस गर्ने निर्णय भएको थियो भने निर्णयबारे सरकारका प्रवक्ताबाट सार्वजनिक जानकारी दिइसकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्बाट स्वीकृत भएको मस्यौदा मन्त्रालयमा प्राप्त भएपछि सदनमा दर्ता गरिने बताए । हालसम्म मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णयबारे आधिकारिक जानकारी प्राप्त भएको छैन । मन्त्रिपरिषद्का निर्णय प्रमाणीकरण भई सम्बन्धित मन्त्रालयमा आएपछि कार्यान्वयन हुन्छ ।
शिक्षा क्षेत्रका सरोकारवालाहरुले विधेयकको मस्यादौलाई विभिन्न स्रोतबाट लिइ त्यसबारे प्रतिक्रिया दिँदै आएका छन् । विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) ले असन्तुष्टि जनाएका छन् । निजी शिक्षालयका संस्थाहरुले मस्यौदा संशोधन गराउन यही साउन २४ गते पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ भने आज मस्यौदाप्रति असहमति जनाउँदै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
विधेयकले पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्नेलगायतका व्यवस्था गरेकामा ती संस्थाको आपत्ति रहेको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले वडाध्यक्षहरुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राख्ने प्रस्ताव लोकतान्त्रिक नभएको उल्लेख गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले भने दरबन्दीसरह सेवासुविधा हुने गरी सम्बोधनको प्रयास गरिएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: