Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी

खबरडबली संवाददाता

झापा । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन छ ।

यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुका रुपमा धेरै मानिसले प्रयोग गर्दै आएका छन् । 

यसको पातबाट वातावरणमैत्री थाल तथा बटुकासमेत उत्पादन हुने गरेको छ । वर्षौदेखि जिल्लामा सुपारीको खेती हुँदै आए पनि यसको खेतीले व्यावसायिकस्वरुप धारण गरेको भने धेरै भएको छैन । अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसान धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेका छन् ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार सुपारीको व्यावसायिक खेती झापासहित कोशीका चार जिल्लामा हुने गरेको छ । सुनसरी, मोरङ र उदयपुरमा पनि यसको व्यावसायिक खेती हुने गरेको छ । 

मन्त्रालयका कृषि विज्ञ अभिमन्यू अधिकारीका अनुसार कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ । झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कुल चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९र८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

झापामा दुई हजार सात सय ७० हेक्टरमा सुपारीखेती हुँदै आएको छ । झापामा आव २०७९र८० मा १० हजार तीन सय ७० मेट्रिक टन सुपारी उत्पादन भएको छ । झापामा सुपारी खेतीको विस्तार पनि तीव्र रुपमा भइरहेको छ ।

जिल्लाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको सुपारी खेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्व अध्यक्ष नीलकण्ठ तिवारी बताउँछन् । सुपारीको पातदेखि खोस्टासमेत बिक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको उनको भनाइ छ ।

झापामा सुपारीको खोस्टाबाट प्लेट, बटुका, चम्चालगायतका सामान बनाउने ठूला साना गरी आधादर्जन उद्योग सञ्चालनमा रहेका छन् । सुपारीका पातबाट निर्मित सामान यूरोपसम्म निर्यात हुने गरेको छ । झापापछि मोरङमा सबैभन्दा बढी सुपारी खेती र उत्पादन हुँदै आएको छ ।

मोरङको नौ सय पाँच हेक्टरमा सुपारीको खेती हुँदै आएको छ । गत आवमा मोरङमा दुई हजार नौ सय ४६ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । 

यसैगरी इलाममा गत आवमा दुई सय नौ हेक्टरमा सुपारी खेती भएकामा छ सय १० मेट्रिक टन उत्पादन भएको थियो भने सुनसरीको एक सय ३५ हेक्टरमा खेती हुँदा पाँच सय २५ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ । 

उदयपुरको ३५ हेक्टरमा सुपारी खेती भएको र गत आवमा एक सय नौ मेट्रिक टन सुपारी उत्पादन भएको पाइएको छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत झापामा सुपारी जोन सञ्चालन भएको उनले बताए । जोन घोषणा भएसँगै सुपारी किसानलाई खेती विस्तार, बिरुवा उत्पादन, कृषि औजार, भण्डारण, सुपारी प्रशोधन लगायतका लागि परियोजनाले ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा विभिन्न औजार दिने गरेको छ । 

झापाको पूर्व–पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा सुपारी खेतीका लागि अनुकूल माटो रहेको छ । बाहुनडाँगी, बुधबारे, शनिश्चरेमा जताततै सुपारीका मनमोहन बगान देख्न सकिन्छ । पछिल्लो समय सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ ।

“कम लगानीमा बढी आम्दानी हुने भएकाले सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको हो”, सुपारी जोनका पूर्व अध्यक्ष तिवारी भन्छन्, “जङ्गली हात्तीले अरु बाली खाएर नष्ट गरेपछि सुरक्षित बालीका रुपमा हात्तीपीडित क्षेत्रका बासिन्दाले सुपारी खेती विस्तार गर्न बाध्य भएका पनि छन् ।” 

एकपटक लगाएपछि पुस्तौँसम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने र पातदेखि फलसमेत बोटबाटै बिक्री हुने गरेको उनले बताए । उनले जङ्गली हात्तीले सुपारी बालीलाई कम क्षति गरेको पाइएको बताए ।

स्वदेशमा सुपारी खेती विस्तारसँगै यसबाट लाभान्वित किसानको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–४ का राजेन्द्र मिश्रले धान खेती मासेर अढाइ बिघामा सुपारी खेती गरेका छन् । सुपारीबाट प्रति बिघा वार्षिक रु तीन लाख आम्दानी हुने गरेको उनले बताए ।

सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, कागती, बेसार र अदुवाको खेती पनि गर्न सकिने उनको भनाइ छ । बहुवर्षे बाली भएकाले एकै वर्षमा एउटा बोटबाट ५० किलोसम्म सुपारी फलाउन सकिन्छ ।

स्वदेशमा खेती र उत्पादनको प्रचुर सम्भावना भए पनि तेस्रो मुलुकबाट आयातित सुपारीको तस्करी धन्धाका कारण स्थानीय किसान मारमा परेका छन् । सरकारले तोकेको भारत निकासी कोटामा विदेशी सुपारी मिसाउने धन्धाका कारण स्वदेशी सुपारीको बजार अन्योल र विवादमा पर्ने गरेको किसानको गुनासो छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेको छन्। सिंहदरबारस्थित सभामुखको का...

जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...

इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान

इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछ...

काठमाडौंका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीरामले दिए राजीनामा

काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ ।  पुस लागेसँगै ह्वात्तै बढेको चि...

स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न एमाले सांसदको माग

काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...

मौलिक परम्परा र वेशभूषा बिर्सन हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...

मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending