Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

संसदमा गृहमन्त्रीलाई बोल्न दिने, माग पूरा नगरे फेरि अवरोध गर्ने एमालेकाे चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न  प्रधानमन्त्री र सभामुखसहित बसेको तीनदलकाे बैठक बिना सहमति सकिएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे बैठक बिना सहमती टुङ्गीएकाे हाे । 

बैठकमा एमालेको मागप्रति सरकारले सहमति नजानाएपछि एमालेले आज  बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्रीलाई  बोल्न पनि दिने तर, माग पूरा नगरेमा पुन: अवरोध गर्ने जनाएको छ ।

सरकार एमालेलाई गलाउने र थकाउने पक्षमा देखिएको एमाले सचेतक महेश बर्तौलाले बताए । उनले बैठकको सुरुमा सांसद, दलका नेताले संशोधन गर्दा बैठक अवरोध नगर्ने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर सो क्रममा आफ्नो माग संशोधन नभएर विरोध जनाउने बताए । सरकारले तस्करलाई संरक्षण गरिरहेसम्म एमालेले विरोध जारी राख्ने उनले बताए ।  

बालुवाटारमा सहमतिको प्रयासस्वरुप सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा संसद सुचारु गर्न छलफलमा जुटेका थिए । 

 

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको करिब एक क्विन्टल  सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै गत साउन १० गतेदेखि एमालेले संसदमा गतिरोध सिर्जना गर्दै आएको छ ।

सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति जुट्न नसक्दा सोमबार २ पटक समय निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: