काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक रेडियोको नविकरण शुल्क घटाउन नीतिगत निर्णय गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् । आज काठमाडौंमा आयोजित दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सामुदायिक रेडियोको नविकरण शुल्क धेरै भएको स्विकार्दै मन्त्रालयले शुल्क घटाउने नीतिगत व्यवस्था गर्न लागेको बताएकी हुन् ।
मन्त्री शर्माले भनिन्,‘सामुदायिक रेडियो भित्रका केही समस्याहरु छन्,त्यसमा केही जटिल समस्याहरु पनि छन्। पछिल्लो समयमा हामीले नीतिगत र कानूनी रुपमा यसलाई समाधान गर्नुछ भनेर लागिराखेका छौँ। अहिले आउँदा खेरी सामुदायिक रेडियोहरुले समयमा नविकरण गर्न सकेनन् भने अत्याधिक धेरै ठूलो प्रतिशतमा जरिवाना शुल्क लाग्ने व्यवस्था छ। त्यसको अन्त्य गर्नुपर्छ र त्यसलाई न्युनतम् बनाउँनुपर्छ भनेर हामीले नीतिमै हल गर्न खोज्दैछौँ ।’
उनले सामुदायिक रेडियोले आर्थिक कारणले नविकरण गर्न नसकेको र त्यसमा लगाएको जरिवाना धेरै भएकाले तिर्न नसकेकाहरुका लागि मन्त्रालयले यो वर्षलाई जरिवाना मिनाहा गर्ने र अर्को चोटी नीतिमार्फत नै उक्त समस्यालाई सम्बोधन गर्ने पनि बताइन्।
‘आजका दिनसम्म हाम्रो अर्थतन्त्रमा आएको समस्यालगायतका कारणले गर्दा जो सामुदायिक रेडियोहरुले समयमै नविकरण गर्न सकेनन् अर्थात् उनीहरुलाई चर्को आर्थिक समस्या परेको हुनाले सञ्चार मन्त्रालयबाट अहिले गृह मन्त्रालयमा प्रस्ताव पनि पठाएका छौँ। नविकरण र जरिवाना शुल्क यसपटकलाई मिनाहा गर्नुपर्यो भनेर अर्को पटकबाट नीतिगत रुपमै यसको समाधान गर्ने प्रकृयामा अगाडि बढेका छौँ,’मन्त्री शर्माले भनिन्।
त्यस्तै उनले आमसञ्चार ऐन तयार भइसकेको भन्दै क्याविनेटमा लैजान खोजेको जिकिर गरिन्। शर्माले नयाँ आउने आमसञ्चार ऐनमार्फत रेडियो समस्यालाई पनि समाधान गर्ने गरि ऐनमा सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरिन्।
उनले भनिन्,‘आमसञ्चार ऐन मन्त्रालयमा तयार भएर बसेको अवस्था छ र हामी त्यसलाई क्याविनेटमा लैजान खोज्दै छौँ। आमसञ्चार ऐन बनिसक्दा हामीले यो रेडियोको समस्याहरुपनि समाधान गर्ने गरी जानेछौँ भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्छु।’ आजबाट काठमाडौँमा सुरु भएको दक्षिण यसियाली सामुदायिक रेडियो सम्मेलन भोलिसम्म चल्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...
आषाढ़ ११ गते, २०८३ - ०८:१९
काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तज...



प्रतिकृया लेख्नुहोस्: