काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक रेडियोको नविकरण शुल्क घटाउन नीतिगत निर्णय गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् । आज काठमाडौंमा आयोजित दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सामुदायिक रेडियोको नविकरण शुल्क धेरै भएको स्विकार्दै मन्त्रालयले शुल्क घटाउने नीतिगत व्यवस्था गर्न लागेको बताएकी हुन् ।
मन्त्री शर्माले भनिन्,‘सामुदायिक रेडियो भित्रका केही समस्याहरु छन्,त्यसमा केही जटिल समस्याहरु पनि छन्। पछिल्लो समयमा हामीले नीतिगत र कानूनी रुपमा यसलाई समाधान गर्नुछ भनेर लागिराखेका छौँ। अहिले आउँदा खेरी सामुदायिक रेडियोहरुले समयमा नविकरण गर्न सकेनन् भने अत्याधिक धेरै ठूलो प्रतिशतमा जरिवाना शुल्क लाग्ने व्यवस्था छ। त्यसको अन्त्य गर्नुपर्छ र त्यसलाई न्युनतम् बनाउँनुपर्छ भनेर हामीले नीतिमै हल गर्न खोज्दैछौँ ।’
उनले सामुदायिक रेडियोले आर्थिक कारणले नविकरण गर्न नसकेको र त्यसमा लगाएको जरिवाना धेरै भएकाले तिर्न नसकेकाहरुका लागि मन्त्रालयले यो वर्षलाई जरिवाना मिनाहा गर्ने र अर्को चोटी नीतिमार्फत नै उक्त समस्यालाई सम्बोधन गर्ने पनि बताइन्।
‘आजका दिनसम्म हाम्रो अर्थतन्त्रमा आएको समस्यालगायतका कारणले गर्दा जो सामुदायिक रेडियोहरुले समयमै नविकरण गर्न सकेनन् अर्थात् उनीहरुलाई चर्को आर्थिक समस्या परेको हुनाले सञ्चार मन्त्रालयबाट अहिले गृह मन्त्रालयमा प्रस्ताव पनि पठाएका छौँ। नविकरण र जरिवाना शुल्क यसपटकलाई मिनाहा गर्नुपर्यो भनेर अर्को पटकबाट नीतिगत रुपमै यसको समाधान गर्ने प्रकृयामा अगाडि बढेका छौँ,’मन्त्री शर्माले भनिन्।
त्यस्तै उनले आमसञ्चार ऐन तयार भइसकेको भन्दै क्याविनेटमा लैजान खोजेको जिकिर गरिन्। शर्माले नयाँ आउने आमसञ्चार ऐनमार्फत रेडियो समस्यालाई पनि समाधान गर्ने गरि ऐनमा सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरिन्।
उनले भनिन्,‘आमसञ्चार ऐन मन्त्रालयमा तयार भएर बसेको अवस्था छ र हामी त्यसलाई क्याविनेटमा लैजान खोज्दै छौँ। आमसञ्चार ऐन बनिसक्दा हामीले यो रेडियोको समस्याहरुपनि समाधान गर्ने गरी जानेछौँ भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्छु।’ आजबाट काठमाडौँमा सुरु भएको दक्षिण यसियाली सामुदायिक रेडियो सम्मेलन भोलिसम्म चल्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: