काठमाडौं । श्रीमतीलाई बलात्कार र कुटपिट गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । काठमाडाैंकाे बुढानीलकण्ठ नगरपालिका–७ मा बस्दै आएका एक पुरुष पक्राउ परेका हुन् ।
गत भदौ २२ गते मात्र विवाह बन्धनमा बाँधिएका उनीहरु श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी गरे पछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले आरोपीलाई पक्राउ गरेर अदालतमा मुद्दा चलिरहेको छ । पीडितले जबर्जस्ती करणी, कुटपिट र अंगभंगको कसुर गरेको भन्दै श्रीमान् विरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी थिइन् । मागी विवाह गरेको यो जोडी बुढानीलकण्ठ नगरपालिका–७ मा बस्दै आएको थियो ।
पिडीतका अनुसार श्रीमानले उनको इच्छाविपरीत र महिनावारी भएका समयमा पनि शारीरिक सम्पर्क राख्ने गरेका थिए । आफूलाई श्रीमानले अप्राकृतिक मैथुनसमेत गर्न लगाएको उनको आरोप छ । आफूले भनेको नमान्दा श्रीमानले कुटपिटसमेत गर्ने गरेको र त्यही क्रममा दाँतसमेत भाँच्चिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् । उनले आफ्नो शरीरमा भएका चोटपटक र नीलडामसमेत प्रमाणका रूपमा पेश गरेकी छिन् ।
यता आरोपी श्रीमानले श्रीमती नियमित मदिरा सेवन गरेर घर आउने गरेको र सोही विषयमा भनाभन हुने गरेको बताएका छन् । आफूले भन्दा पहिले श्रीमतीले मुक्का हानेको र झगडा भएकाे उनको दाबी छ ।
प्रहरीसँगको बयानमा श्रीमानले साढे २ महिनाअघि मापसे गरेर घर आएकी श्रीमतीले आफूलाई मुक्का प्रहार गरेको बताएका छन् । प्रतिकारमा आफूले पनि मुक्का प्रहार गर्दा उनकाे दाँत भाँच्चिएको उनको भनाइ छ । ‘मैले श्रीमतीलाई कहिल्यै जबर्जस्ती गरेको छैन । बरु मदिराले लट्ठ भएपछि उनले नै चाहेअनुसार शारीरिक सम्पर्क गर्न बाध्य हुने गरेको थिएँ,’ उनले बयानमा भनेका छन् ।
घटनाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर भएको हो । गत २३ गते सरकारी वकिलबाट अभियोग पत्र दर्ता भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: