काठमाडौं । श्रीमतीलाई बलात्कार र कुटपिट गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । काठमाडाैंकाे बुढानीलकण्ठ नगरपालिका–७ मा बस्दै आएका एक पुरुष पक्राउ परेका हुन् ।
गत भदौ २२ गते मात्र विवाह बन्धनमा बाँधिएका उनीहरु श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी गरे पछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले आरोपीलाई पक्राउ गरेर अदालतमा मुद्दा चलिरहेको छ । पीडितले जबर्जस्ती करणी, कुटपिट र अंगभंगको कसुर गरेको भन्दै श्रीमान् विरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी थिइन् । मागी विवाह गरेको यो जोडी बुढानीलकण्ठ नगरपालिका–७ मा बस्दै आएको थियो ।
पिडीतका अनुसार श्रीमानले उनको इच्छाविपरीत र महिनावारी भएका समयमा पनि शारीरिक सम्पर्क राख्ने गरेका थिए । आफूलाई श्रीमानले अप्राकृतिक मैथुनसमेत गर्न लगाएको उनको आरोप छ । आफूले भनेको नमान्दा श्रीमानले कुटपिटसमेत गर्ने गरेको र त्यही क्रममा दाँतसमेत भाँच्चिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् । उनले आफ्नो शरीरमा भएका चोटपटक र नीलडामसमेत प्रमाणका रूपमा पेश गरेकी छिन् ।
यता आरोपी श्रीमानले श्रीमती नियमित मदिरा सेवन गरेर घर आउने गरेको र सोही विषयमा भनाभन हुने गरेको बताएका छन् । आफूले भन्दा पहिले श्रीमतीले मुक्का हानेको र झगडा भएकाे उनको दाबी छ ।
प्रहरीसँगको बयानमा श्रीमानले साढे २ महिनाअघि मापसे गरेर घर आएकी श्रीमतीले आफूलाई मुक्का प्रहार गरेको बताएका छन् । प्रतिकारमा आफूले पनि मुक्का प्रहार गर्दा उनकाे दाँत भाँच्चिएको उनको भनाइ छ । ‘मैले श्रीमतीलाई कहिल्यै जबर्जस्ती गरेको छैन । बरु मदिराले लट्ठ भएपछि उनले नै चाहेअनुसार शारीरिक सम्पर्क गर्न बाध्य हुने गरेको थिएँ,’ उनले बयानमा भनेका छन् ।
घटनाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर भएको हो । गत २३ गते सरकारी वकिलबाट अभियोग पत्र दर्ता भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...
आषाढ़ ११ गते, २०८३ - ०८:१९
काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तज...



प्रतिकृया लेख्नुहोस्: