सिन्धुली । लगातारको वर्षापछि सिन्धुलीमा रहेका मुख्य राजमार्ग सहित अन्य सडकहरु अवरुद्ध भएका छन् । ठाउँठाउँमा पहिरो खस्नुका साथै खहरेमा आएको बाढीले बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका हुन्।
बीपी राजमार्गको नेपालथोक धुलिखेल खण्डअन्तर्गत काभ्रेको मंगलटारमा लेदोसहितको पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । बीपी राजमार्गकाे दुम्जामा घ्याम्पे खोलामा आएको बाढी घट्नेक्रममा रहेको र गोलन्जोर गाउँपालिकाको खनियाँखर्क क्षेत्रमा लेदोसहितको पहिरो सफा गरिएकाले एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
मंगलटारको अवरोध हटेपछि पहिरो खसेको स्थानमा एकतर्फी यातायात सञ्चालनमा आउने सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । मदन भण्डारी राजमार्गको मरिण, हरिहरपुरगढी क्षेत्रका ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
सिन्धुलीमाडीदेखि हरिहरपुरगढीको वाग्मती पुलसम्म पूरै क्षेत्र पन्छाएपछि यातायात सञ्चालनमा आउने एसपी सिलवालले बताए । मध्यपहाडी राजमार्गमा सानातिनो पहिरो खसेपनि यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...
आषाढ़ ११ गते, २०८३ - ०८:१९
काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तज...



प्रतिकृया लेख्नुहोस्: