अछाम । मङ्गलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घरदैलोमै आफ्नो सेवा प्रवाह गर्न सुरुआत गरेको छ । नगरपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा स्थानीयलाई सहज होस् भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी सेवा प्रवाह सञ्चालन गरिराखेको हो ।
घरआँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुआत गरेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । नगरपालिकाले यही साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुआत गरेको थियोे । हालसम्म ११ वडामा घुम्ती शिविर सम्पन्न भएको र बाँकी रहेका तीन वटा वडा नम्बर ३, ४ र ५ मा पनि लगत्तै घुम्ती शिविर सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
शिविरमा नगरपालिकाका सबै शाखाबाट हुने सेवा प्रवाह गरेको थियो । एकीकृत घुम्ती शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । सामाजिक सुरक्षा लाभग्राहीको हालसम्म नवीकरणअन्तर्गत ६८ वर्ष बढी उमेर पुगेका नागरिक एक हजार तीन सय ५७ , ज्येष्ठ दलित दुई सय ८३ , ज्येष्ठ एकल एक सय ६० , विधवा चार सय एक , पूर्ण अपाङ्ग ९क० वर्ग आठ , ९ख० वर्ग अपाङ्ग ३७ , बालबालिका क्षेत्र तोकिएका नौ सय ३६ बालबालिका दलित तीन सय ७३ जनाले नवीकरण गरेका छन् भने ९१ नयाँ दर्ता भएका छन् । गत वर्षको अन्तिम त्रैमासिकमा लाभग्राही सङ्ख्या पाँच हजार नौ सय ८४ जना कायम भएको प्राविधिक होमबहादुर साउदले बताए ।
त्यस्तै एकीकृत सम्पत्ति कर (मालपोत) बुझाउने तथा व्यापार व्यवसाय दर्ता ११ वडामा एक हजार एक सय सात जनाले गरेका छन् । यसमा दुई लाख ३७ हजार सात सय ८४ राजस्व सङ्कलन गरिएको छ । मंगलसेन नगरबासीको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकासम्म जानुपर्ने बाध्यतालाई हटाएर आफूले आफ्नो घर आँगनमै सेवा पाउँदा खुशी महसुस भएको मङ्गलसेन –६ का गङ्गाराम भण्डारीले बताए । नगरपालिकाले सञ्चालन गरेको घुम्ती सेवा शिविरले नगरपालिकाबाट टाढा रहेको वडा नम्बर १३ बस्तीको बाँडा, डाँडीगडे, कालागाँका नागरिकले गाउँमै सेवा पाएपछि उनीहरु खुसी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...




प्रतिकृया लेख्नुहोस्: