Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

स्तनपान सप्ताह : ‘कार्यालय स्तनपानमैत्री हुन आवश्यक’

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले छ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको बताइएको छ ।

सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको छ । परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा।कल्पना उपाध्याय सुवेदीले आमाहरुले घरमा शिशुलाई स्तनपान गराए पनि कार्यालय समयमा स्तनपान गराउन नपाएकाले ६ महिनासम्म स्तनपान गर्ने शिशुको सङ्ख्या घट्दै गएको बताइन् ।

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरुपमा स्तनपान गराइएको छ । जबकी जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशु जन्मेको छ महिनाभित्रमा स्तनपान गराएको थियो । यसरी १० प्रतिशतमा कमी आएको छ । 

“आमाहरुले घरमा हुँदा शिशुलाई आफ्नो दूध खुवाउनुहुन्छ, तर काममा फर्किसकेपछि कार्यस्थलको वातावरण स्तनपानमैत्री नभएकाले आमाहरुले शिशुलाई अन्य दूध खुवाउन बाध्य हुनुहुन्छ”, उनले भनिन्, “त्यसैले पहिलेभन्दा कम शिशुले स्तनपान गर्न नपाएका हुन् ।”  कामकाजी महिलाले पनि सुत्केरीपछि काममा फर्केपछि पनि छ महिनासम्म शिशुलाई आफ्नो दूध मात्र खुवाएर पूर्ण स्तनपान गराउनुपर्ने प्रमुख बालरोग विशेषज्ञ डा।सुवेदीको भनाइ छ । आमाहरुले घरमा हुँदा आफ्नो दूध खुवाउने, स्तनपान गराउने र काममा जाने बेलामा आफ्नो स्तनबाट दूध दुहेर सफा भाँडोमा राखेर शिशुलाई दिउँसो खुवाउनका लागि छाडनुपर्ने उनी बताउँछिन् । 

उनका अनुसार यदि आमाको घरमा फ्रिज छ भने दुहेको दूधलाई २४ घण्टासम्म सुरक्षित राख्न सकिन्छ । यहि फ्रिज छैन भने पनि कोठाकै तापक्रममा छदेखि आठ घण्टा सुरक्षित दूध रहन सक्छ । उनले कार्यस्थल पनि स्तनपानमैत्री हुन जरुरी रहेको बताइन् । कार्यालय समयमा बीचबीचमा स्तनपान गराउन केही समयका लागि बिदा लिन सकिने उनको भनाइ छ । 

कार्यालयमा स्तनपान कक्षको व्यवस्था हुन पनि आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार स्तनपान कक्षमा हात धुने ठाउँ, स्तन निचोरेर दूध राख्ने व्यवस्था, फ्रिजको व्यवस्था भयो भने आमाले आफ्नो दूध निचोरेर पटकपटक ९दुई–तीन० घण्टाको फरकमा दूध खुवाउन सकिन्छ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा।विवेककुमार लालले धेरै महिला आर्थिक गतिविधिमा संलग्न भएकाले काममा जानुपर्ने भएको र स्तनपान मैत्री कार्यस्थल नभएकाले शिशुलाई स्तनपान गराउन नपाएको बताए । उनले कार्यस्थलमा आमाले स्तनपान गराउन नपाएकाले बाध्य भएर अरु वस्तुहरु खुवाउन परेको बताए । “शिशुलाई अरु कुरा खुवाउँदा शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर पर्दछ”, उनले भने, “समग्र आर्थिक तथा सामाजिक विकासमा पनि यसको नराम्रो र प्रतिकूल असर पार्दछ ।” 

उनले शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले कामकाजी आमालाई कार्यस्थलमा नै स्तनपान गराउने उपयुक्त वातावरण रोजगारदाताले बनाउनुपर्नेमा जोड दिए । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा सबै रोजगारदाताले नवजात शिशुका आमालाई दुई वर्षसम्म कार्यस्थलमा स्तनपान गराउने व्यवस्था उल्लेख गरिएको छ । उनले कार्यस्थललाई स्तनपानमैत्री बनाउन आवश्यक रहेको बताए ।  

नेपालसहित विश्वभरि नै यही साउन १६ देखि २२ गतेसम्म ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ‘विश्व स्तनपान सप्ताह’ मनाइँदै छ । स्तनपानबाट बच्चालाई कुपोषण, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्नबाट बचाउँछ भने आमालाई रक्तश्राव कम, डिप्रेसन, तथा डिम्बासय र स्तन क्यान्सरबाट बचाउन मद्दत गर्ने गर्दछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...

जाडोबढेसँगै उत्तरी गोरखाका गाउँबस्ती सुनसान

सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...

सुन–चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending