बनेपा । घरेलु हतियार प्रयोग गरी घरधनीलाई कुटपिट गरि शुक्रबार मध्यराती लुटपाट भएको छ । रोशी गाउँपालिका- ५ डुम्बलमा रहेको कामी सिङ्ग लामाको घरमा नगद र सुन लुटपाट गर्ने २ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
लामाको घरमा अनुहारमा खादा बेरेको अपरिचित ३ जनाले रड र घरेलु हतियार प्रयोग गरि श्रीमान र श्रीमतीलाई कुटपिट गरि सुन र नगद लुटेर भाग्ने क्रममा रोशी गाउँपालिका वडा -६ नवल घर भएको बुद्ध घिसिङ र रोशि गाउँपालिका-८ खार्पाचोक घर बताउने २ जनालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्।
लुटपाटमा उनीहरुले प्रयोग गरेको मोटरसाइकल र स्कुटरसमेत स्थानीयले प्रहरी चौकी कटुन्जेबेसीलाई जिम्मा लगाएको जिल्ला समन्वय समिति काभ्रेको उपप्रमुख रिमबहादुर तामाङले जानकारी दिए । लुटपाटको क्रममा घाइते भएका श्रीमान र श्रीमतीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
लुटपाट गरेर भागेपनि राती १२ बजे स्थानीय जम्मा भएर खोज्ने क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको तामाङले जानकारी दिए । लुटपाट भएको घरमा श्रीमान र श्रीमती मात्र रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...



प्रतिकृया लेख्नुहोस्: