Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

टीकापुर अस्पतालमा रगत खपत बढ्यो, ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

खबरडबली संवाददाता

कैलाली । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ । 

यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ । टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो । अघिल्लो वर्ष एक हजार छ सय ९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको छ । अघिल्ला वर्षका तुलनामा रगत खपत बढ्दै गएको छ ।

कैलालीको टीकापुर र भजनी नगरपालिका, त्यसैगरी जानकी र जोशीपुर गाउँपालिकाले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने नीति लिएका छन् । नीतिअनुसार ती पालिका र रेडक्रसबीच रगत प्रयोग गरेको आधारमा एकमुष्ट रकम उपलब्ध गराउने सम्झौता गरिएको छ । प्रतिपिन्ट रु एक हजार एक सय ५० का दरले पालिकाले रेडक्रसलाई रकम उपलब्ध गराउने गरेका छन् । रगत प्रयोगका आधारमा टीकापुरमा सबैभन्दा बढी छ सय ७९ पिन्ट रगत खपत भएको छ । 

यस्तै जानकी गाउँपालिकाका नागरिकले चार सय नौ, जोशीपुर गाउँपालिकाले दुई सय ४१ र भजनी नगरपालिकाले दुई सय ७२ पिन्ट रगत प्रयोग गरेका छन् । अन्य पालिकाका नागरिकले छ सय ७६ पिन्ट रगत प्रयोग गरेका छन् । रगतको खपत बढ्दै गएपछि रेडक्रसले रेडसेल (रातो रक्तकोष), डब्लुबिसी (सेतो रक्तकोष) र प्लेटलेस छुट्याउने मेसिन ल्याउने योजना बनाएको छ । 

“रगतको माग दिनप्रतिदिन बढ्दै गएको छ, रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक छ”, नेपाल रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले भने, “यसका लागि कम्पोनेन्ट सेटअप मेसिनको आवश्यक पर्छ, त्यसैका लागि हामी लागेका छौँ ।” 

उनले रेडक्रसलाई बलियो बनाउने सवालमा सबैको सहयोग आवश्यक रहेको बताए । विसं २०६६ मा आकस्मिकरूपमा रगत उपलब्ध गराउने गरी सुरु गरिएको रक्तसञ्चार केन्द्रले सुरुका दिनमा महिनामा फाट्टफुट्ट रगत उपलब्ध गराउने गरेको थियो । “अस्पतालमा सेवा विस्तारसँगै रगतको माग बढ्दै गएको छ”, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति जगदीश्वर पण्डितले भने, “दुई हजार तीन सय ६९ पिन्ट रगत उपलब्ध गराउनु भनेको सामान्य कुरा होइन, रक्तसञ्चार केन्द्रलाई अझ भरपर्दो बनाउन जरुरी छ ।” 

उनले रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक भएकाले यसका लागि यस क्षेत्रका राजनीतिक दलका नेता र जनप्रतिनिधिले चासो देखाउन जरुरी छ भने । “रेडक्रसले सहुलियत दरमा रगत परीक्षण गर्ने गरेको छ भने दाँतका रोगीलाई उपचारमा सहज होस् भनेर डेन्टल क्लिनिक सञ्चालन गरेको थियो तर डाक्टर नपाएपछि हाल बन्द भएको छ”, उनले भने, “रक्तसञ्चारका कर्मचारीलाई पारिश्रमिक दिन पनि रेडक्रसको आम्दानी बढाउन जरुरी छ, यसका लागि आम्दानीको स्रोत खोज्दै आएको छौँ ।” 

अहिले रेडक्रसमा पाँच प्राविधिक, एक प्रशासनतर्फ गरी छ  कर्मचारी कार्यरत छन् । रेडक्रसले नियमितरूपमा रक्तादानका कार्यक्रममार्पmत रगत सङ्कलन गर्दै आएको छ । यस क्षेत्रमा भजनीका टङ्क जोशीले पिताको सम्झनामा रहेक वर्ष सयौँ पिन्ट रक्तदान कार्यक्रम गर्दै आएका छन् । त्यसैगरी सन्त निरंकारी मण्डल, राजनीतिक दल र तिनका भातृ सङ्गठन, रेडक्रसका उपशाखा, जेसिजका संस्था, मानव धर्म सेवा समिति, विभिन्न विद्यालयलगायतका संस्थाले बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

“रगत सङ्कलन गर्ने र वितरण गर्ने गरिएको भए पनि अझै अधिकांशमा रक्तदानको महत्वबारे ज्ञान छैन”, रक्तसञ्चार केन्द्रका संस्थापक संयोजक भुवनेश्वर अधिकारीले भने, “आकस्मिक सेवा सुरु गर्दा व्यापारिक पसल–पसलमा गएर रक्तदान गर्न आग्रह गर्दै कार्यक्रम गरेका हौँ ।” 

उनले स्थापनाकालमा बजेट अभाव र चेतनाको पनि अभाव भएका कारण रगत सङ्कलन र वितरण काम धेरै कठिन थियो भने । “अहिले विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्दा रगत सङ्कलनमा सहज भएको छ”, उनले भने, “मानवतासँग जोडिएको विषय हो रगत, त्यसैले रक्तसञ्चार केन्द्रलाई आवश्यक पर्ने मेसिन ल्याउने विषयमा जनप्रतिनिधिले बढी चासो दिन जरुरी छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending