Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

मधेशमा छैटौँपटक मन्त्रिपरिषद् विस्तार: तीन मन्त्रीले शपथ खाँदै

खबरडबली संवाददाता

काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।  मुख्यमन्त्री यादवले सम्हाल्दै आएका गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी भएको हो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आज साँझ नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गराउने मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो।  यसका लागि मुख्यमन्त्री यादवले प्रदेश प्रमुख मिश्रलाई शपथका लागि सिफारिस गरिसकेका छन् । 

नेपाली कांग्रेसले गृह, सञ्चार तथा कानुन मन्त्रालय र जनमत पार्टीले श्रम तथा यातायात मन्त्रालय पाएका छन् । गृहमा कांग्रेसका सांसद मो। समिम र जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायातमा नियुक्त हुने स्रोतकाे भनाइ छ । यस्तै, जनमतबाट रञ्जु खंगलाई श्रम मन्त्रालयको राज्यमन्त्रीमा सिफारिस गरिएको छ। 

यसअघि जनमत पार्टीका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका थिए। मुख्यमन्त्री यादवले आठ महिनाको अवधिमा छैटौँपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य समस्याका कारण प्रचण्ड सर्वदलीय बैठकमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

साइकलसँगै सडक किनारमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...

पूर्वगृहमन्त्री गुरुङलाई क्लिनचिट, सम्पत्ति विवादमा समितिको प्रतिवेदन सार्वजनिक

​काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...

रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...

आजको कृषिउपजको थोक मूल्य सार्वजनिक, गाजर र च्याउ महँगो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...

पाँचथरमा गुरुङ, तनहुँमा बाँस्तोला र बाँकेमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...

अवैध लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...

ईश्वरी हत्याको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...

प्रतिनिधि विवादले रास्वपा उदयपुर अधिवेशन प्रभावित, निर्वाचन प्रक्रिया स्थगित

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...

संसदीय गतिरोधबीच रास्वपाको पहल, रविले बोलाए सर्वदलीय बैठक

​काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending