Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

संरचना निर्माणसँगै म्याग्दीको गलेश्वर धाममा भक्तजनको घुइँचो

खबरडबली संवाददाता

गलेश्वर । साउनको आज तेस्रो सोमबार हो । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगत वर्षहरुको तुलनामा यस वर्ष साउनमा गलेश्वर महादेवको पूजाअर्चना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार धार्मिक, आर्थिक र पर्यटकीय महत्वले युक्त गलेश्वर धाममा आकर्षक पूर्वाधार निर्माण गरिएपछि पौराणिकस्थल अब धार्मिक पर्यटकीयस्थलको रुपमा विकसित हुँदै गएको छ ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला ९पत्थर० माथि अवस्थित स्वयं प्रकट शिवलिङ रहेकोे प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा करोडौँ रुपैयाँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री आकर्षित भएका छन् ।

कालीगण्डकी नदीदेखि नै सुरु भएको चक्राकार शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको गलेश्वर धाममा चढाएको भेटी र दाताको सहयोगबाट विभिन्न पूर्वाधार निर्माण गरिँदै आएका छन् ।

कोषको पहलमा मन्दिर नजिकै कालीगण्डकी नदी किनारमा रहेको खाली जग्गामा पर्यटन कार्यालय पोखराको सहयोगमा क्याम्पिङ साइट, उद्यान, सार्वजनिक शौचालय र खेलमैदान निर्माण भएका छन् ।

गलेश्वरदेखि पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माण भएको छ । बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी–जोमसोम सडकको छेउमा पर्ने गलेश्वरमा बसपार्क  निर्माण भएको छ । विद्युतीय उपकरणको सहायताले कालीगण्डकी नदीबाट पानी तानेर मन्दिर परिसरको १०८ धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ ।

खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयसँग समन्वय गरेर १०८ धारा निर्माण गरिएको हो । त्यसैगरी गलेश्वरमा तीर्थयात्री निवास र उनीहरूलाई नि:शुल्क भोजनको व्यवस्था मिलाइएको छ । अन्न क्षेत्र आश्रम व्यवस्थापन समितिले मुठ्ठीदान सङ्कलन गरेर गलेश्वर वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक र मुक्तिनाथ आवातजावत गर्ने तीर्थयात्रीलाई नि:शुल्क भोजनको व्यवस्था मिलाउँदै आएको अध्यक्ष रेग्मीले बताए ।

मन्दिरको भेटी र दाताको सहयोगबाट धर्मशाला, बगैँचा, अतिथि आवास, संस्कृत पाठशाला, हवनकुण्ड, एक सय आठ शिवलिङ, कालीगण्डकीको जलबाट गलेश्वर शिवालय क्षेत्रमा नै स्थान गर्न गोमुखे धारा, अग्लो त्रिशुल लगायतका संरचना निर्माण भएपछि गलेश्वर सबैको आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ छ ।

गलेश्वरमा विश्वमा कतै पनि नभेटिएको स्वयं प्रकट शिवलिङ, चक्रशिलाको परिधिमा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान शिवका चरण चित्र, त्रिशुल, शङ्ख, नाग, देवदेवीका मूर्ति आदि रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ पराजुलीले बताए ।

विसं २०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नो रु २० लाखको लागतमा हालको मन्दिर निर्माण गरेपछि गलेश्वर धामको विकासको शिलान्यास भएको हो ।

यस क्षेत्रअन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा  छन् ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धामले स्वदेशी तीर्थयात्रीको मात्रै होइन विदेशी पर्यटकको ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिकजसो आन्तरिकका साथै बाह्य पर्यटक आउने गरेका कोषले जनाएको छ ।

विष्णु भगवान्ले बराह अवतार लिई पृथ्वीलाई उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डको जल अभिषेक गर्दै दर्शन पूजा गर्नाले पाप नाश भै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ ।

बराहको मध्य भागमा शेषनागको मूर्ति छ । मन्दिरमा अवस्थित चक्रशिलाको विभिन्न ठाउँमा विश्वमै दुर्लभ शालिग्राम शिला रहेका छन् । धार्मिक व्यक्तित्व यहाँ भगवान् विष्णु शालिग्रामको रुपमा स्वयं प्रकट भएको र ढुङ्गो टुसाएको बताइन्छ ।

यसका अतिरिक्त १०८ शिवलिङ र जडभरतले तपस्या गरेको गुफा पनि गलेश्वरको अर्को आकर्षण हो । साउनको सोमबार, बाला चतुर्दशी र शिवरात्रीका दिन विशेष पूजाआजा हुने गलेश्वर एक दशक अघिसम्म सुनसान हुने गरेकामा पछिल्ला वर्ष प्राय:जसो सबै दिन भक्तजन आउने गरेका छन् ।

म्याग्दीको सदरमुकाम वेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धामको महिमा स्कन्द पुराणमा उल्लेख छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही गाउँ र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेश द्वारको रुपमा परिचित छ ।

गलेश्वरको पौराणिक महत्व

बावु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको शवलाई शिव भगवानले काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।

१९औँ शताब्दीको अन्त्यतिर गलेश्वर वावा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाइ त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको जानकारले बताएका छन् ।

जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको वराहा पोखरी, जडभरत गुफा, नौ रोपनी क्षेत्रफलको विशाल चट्टानमा जगविना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, एक सय आठ शिवलिङ्ग, साँढेका विशाल मूर्तिहरु घण्टा यहाँका मुख्य आकर्षण हुन् ।

पूर्वपट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ वेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदा हुँदै पनि सरकारले पर्याप्त ध्यान दिन नसकेको स्थानीयको गुनासो छ ।

ढुङ्गामा कहिल्यै नसुक्ने पानीको मूल

यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीय तथा त्यहाँ पुग्ने भक्तजनको माग रहेको छ ।

त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिकस्थल भएको इतिहासकारले बताएका छन् । १९औँ शताब्दीको सुरुवातका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको  इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा उल्लेख छ ।

यो क्रम वेनी जोमसोम सडक विस्तार नहोउन्जेलसम्म जारी रहेको थियो । मासिक र साप्ताहिक रुपमा मन्दिरमा संकलन हुने भेटी सार्वजनिक गर्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले भेटी र चन्दा पूर्वाधार निर्माणमा उपयोग गर्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE