काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच दिनपछि अर्थात् साउन २० मा अनिवार्य अवकाश पाउँदैछन्। संविधानको धारा २८४ (३)ले भन्छ, ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्न सक्ने छ।’
यो प्रावधानअनुसार एक महिनाअघि अर्थात् असार २० गते नै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, प्रधानन्यायाधीशको रोलक्रममा रहेका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्नेमा परिषद्को बैठक नै बसेको छैन।
श्रेष्ठ क्याडर जज (जिल्ला न्यायाधीश हुँदै सर्वोच्चमा न्यायाधीश) हुन्। ‘न्यायपालिका संवेदनशील अंग हो। यसको संवेदनामा नखेलियोस,’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘समयमै जे गर्नुपथ्र्यो, त्यो भएकोरगरिएको छैन।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको संवैधानिक परिषद्मा प्रधानन्यायाधीश कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेना, विपक्षी दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना छन्।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठका प्रधानन्यायाधीश सिफारिसमा सबद्ध पक्षले जवाफदेहीताका साथ विचार गर्नुपर्ने बताउँछन्। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ। तर, अहिले १५ जना न्यायाधीश मात्र छन्। अवकाशको मुखमा रहेका प्रधानन्यायाधीश कार्कीले बेन्च बस्न छोडेका छन्।
संवैधानिकपरिषद् सदस्यसमेत रहेका प्रधानन्यायाधीश कार्कीले नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको भेटघाटमा पनि प्रधानन्यायाधीश सिफारिसबारे केही बोलेनन्। ‘नयाँ प्रधानन्यायाधीशको सिफारिसमा पहल गर्नुपर्यो भन्दै अनुरोध गर्यौं,’ बार अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘न्यायाधीश नियुक्त हुन नसक्दा न्याय सम्पादन क्रमिक रूपमा घट्दो छ।’ अहिले सर्वोच्चमा नै ६ जना न्यायाधीश रिक्त छ।
परिषद्का सदस्य एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री दाहालसँगको भेटमा पनि नयाँ प्रधानन्यायाधीश सिफारिसमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रमुख तीन दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बस्ने सहमति भएको छ। छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले परिषद्को बैठक केही दिनमा बोलाउने बताएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: