भक्तपुर । भक्तपुरलाई 'सडक मानव'मुक्त बनाउने अभियान सुरु गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने सातदिने अभियान सुरु गरिएको हो ।
साताव्यापी अभियानमा भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका सार्वजनिकस्थल, मठ, मन्दिरलगायतका क्षेत्रमा अलपत्र अवस्थामा रहेका परिवार एवं घरबारविहीन, अनाथ, असहाय मानवको उद्धार गरी आश्रममा आश्रय दिने र जिल्लालाई सडक मानवमुक्त बनाउने गरी अभियान सञ्चालन गरिएको अभियानकर्मी नवराज काफ्लेले बताए ।
अभियान अन्तर्गत पहिलो दिन शनिबार राति पाँचतले मन्दिर क्षेत्रबाट सुरु गरिएको सडक मानव उद्धारमा एक महिला र चार पुरुषसहित पाँच जनाको उद्धार गरिएको जानकारी दिँदै अभियानकर्मी काफ्लेले तीन जनालाई आफ्नो आम सेवा घरमा र दुई जनालाई मानवआश्रम सेवा घरमा राखिएको जानकारी दिए । उद्धार गरिएकाको परिवार हुनेहरुको परिवारसँग पुर्नमिलन गराउने र नहुनेलाई जिल्लामा सञ्चालित विभिन्न आश्रममा आश्रय दिइने उनले जानकारी दिए ।
अभियानमा अभियानकर्मी नरेश रञ्जितले भक्तपुर नगरपालिकाबाट सुरु गरिएको अभियान यही साउन १९ गते रातिसम्म चारवटै नगर क्षेत्रमा सडक मानवको खोजी एवं उद्धार कार्य जारी राख्ने बताए । उनले पाटीमा बस्ने सबै सडक मानव सडक मानव नभएको शनिबारको उद्धारमा पाइएको जनाउँदै मठ मन्दिर र पाटीमा बस्ने धेरै जस्ता दिनभर प्लाष्टिक तथा कवाडी टिप्ने र राती कोठा भाडा तिर्न नपरोस् भनेर बाहिर सुत्ने गरेको पाइएको बताए ।
कतिपयले कोठा भाडामा लिएको तर कोठामा नगई पाटी र मठमन्दिरमा बस्ने गरेको पाइएको जनाउँदै उनले त्यस्ता व्यक्तिलाई अबदेखि मन्दिर, पाटीमा नबसी कोठामै गएर बस्न भनिएको बताए । सडक मानवमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सडक मानव आफ्नो टोलमा भए खबर गर्नसमेत आह्वान गरे ।
केही दिन अगाडि जिल्ला समन्वय समितिको आयोजनामा सडक मानवमुक्त बनाउने अभियानका बारेमा भएको सरोकारवालाबीचको छलफलमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भक्तपुरमा स्थापना भएका आश्रमले यो अभियान सञ्चालन गर्दै सडक मानव मुक्त बनाउन निर्देशन दिएका थिए ।
सडक मानवको उद्धार गर्ने भनेर संस्था सञ्चालन गर्ने तर पारदर्शी नहुने, सडकमा रहेका मानवको प्रहरीले उद्धार गरेर आश्रममा पठाउँदा विभिन्न बहाना बनाएर आश्रममा राख्न नमान्ने गरेको पाइएको जनाउँदै उनले त्यस्ता कार्य नगर्न संस्थालाई निर्देशनसमेत दिएका थिए । जिल्ला प्रहरी परिसर, मानस सेवा घर झौखेल, मानव सेवा आश्रम कौशलटार, आफ्नो वडा नेपाल, गैर सरकारी संस्था महासङ्घ, लायन्स क्लब, पतञ्जली योग सेवा केन्द्र, वेभ ग्रुप, आफ्नो घर आफ्नो आश्रम, स्वच्छ हावा सञ्जाल, तौमढी यूथ क्लबलगायतका सङ्घ संस्थाको संयुक्त आयोजनामा सात दिने अभियान सुरु गरिएको र पहिलो चरणको अभियान साउन १९ गते राति सम्पन्न गरिने अभियानकर्मी काफ्लेले जानकारी दिए ।
कार्यक्रमका बारेमा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने सरकारको लक्ष्य रहेको बताउँदै प्रदेशमा पहिलो भक्तपुर जिल्लालाई सडक मानव मुक्त जिल्ला बनाउने अभियान सफल पार्न आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १०:४३
वीरगञ्ज । पर्सा क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी...
फाल्गुन २० गते, २०८२ - १०:३४
नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोप...
फाल्गुन २० गते, २०८२ - १०:३०
सर्लाही । सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको ह...
फाल्गुन २० गते, २०८२ - १०:२८
सिरहा। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेको छन् । प्रतिनिधिसभा स...
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...
फाल्गुन १९ गते, २०८२ - १९:४६
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...
फाल्गुन १९ गते, २०८२ - १९:२०
इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...



प्रतिकृया लेख्नुहोस्: