Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

‘लम्पी स्किन’बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित

खबरडबली संवाददाता

हेटौंडा । बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार आठ महिनामा १३ जिल्लाका एक लाख ५३ हजार नौ सय पाँच पशु सङ्क्रमित भएका छन् । निर्देशनालयका अधिकृत डा।सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिइन् । उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा छ सय ८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन् । 

सिन्धुलीमा ६ सय ५०, धादिङमा पाँच सय १३, मकवानपुरमा चार सय ४६, नुवाकोटमा चार सय ११, सिन्धुपाल्चोकमा तीन सय ६०, काठमाडौँमा तीन सय ५७, भक्तपुरमा दुई सय ९३, चितवनमा दुई सय ४२, रामेछापमा दुई सय २९, दोलखामा एक सय ७४ र रसुवामा एक सय ७३ पशुचौपायाको मृत्यु भएको डा मिश्रले जानकारी दिइन् ।

सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा तीस हजार सात सय १४ पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार चार सय ८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार तीन सय ९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार एक सय ४८, चितवनमा १० हजार ४४, दोलाखामा सात हजार चार सय ५६, भक्तपुरमा छ हजार चार सय १३, काठमाडौँमा पाँच हजार ३७, रसुवामा एक हजार आठ सय सात र ललितपुरमा एक हजार चार सय ३१ पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित हुनेमा गाई एक लाख ४२ हजार सात सय २८, गोरु सात हजार चार सय ९५, भैँसी एक हजार आठ सय ६९ र बाच्छाबाच्छी एक हजार आठ सय १३ रहेका निर्देशनालयका अधिकृत डा।मिश्रले जानकारी दिए । उनका अनुसार गाई सबैभन्दा बढी सङ्क्रमित भएका हुन् ।  प्रदेशमा पहिलो पटक विसं २०७९ पुसमा मकवानपुरगढी गाउँपालिकाको वडा नं २, ३, ४ र ६ मा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा।बज्रकिशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र वैशाखमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन, रसुवा र सिन्धुपाल्चोकमा देखा परेको थियो ।

प्रदेशमा पशु चौपायामा तीव्र गतिमा लम्पी स्क्रिन रोग फैलिँदै गएपछि सङ्क्रमणविरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिइएको केन्द्रका प्रमुख ठाकुरले बताए । रोग नियन्त्रणका लागि प्रदेशभरका एक लाख १७ हजार नौ सय पाँच पशुलाई भ्याक्सिन लगाइसकिएको उनले जानकारी दिए । उनको अनुसार एक लाख १५ हजार छ सय ९७ गाई र पाँच हजार एक सय आठ भैँसीलाई भ्याक्सिन लगाइएको छ ।

लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिने प्रदेशस्थित भेटेरिनरी अस्पतालले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री राजेन्द्र खरेलको पार्थिव शरीरमा सभापतिले ओढाए पार्टीको झन्डा

काठमाडौं । पूर्वमन्त्री तथा राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस का नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। ...

सुनचाँदीको मूल्यमा बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending