Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

खबरडबली संवाददाता

चितवन । पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दु:ख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ । 

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । अत्यन्त जोखिमपूर्ण देखिएको बाह्रघरे, गाजीपुर, हीरापुर, सिसई, भगडी, बालुवा जस्ता गतवर्षमा बाढी छिरेका ठाउँमा तटबन्ध गरिएको उनले बताए । 

विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका भरतपुर महानगरपालिकातर्फका अधिकांश भू–भागमा काम थालिएको हो । पाँच खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ ।

बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ । नारायणी नदीको महानगरतर्फ सिसइबाट बलुवासम्मको तटबन्धका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । 

सो खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच दशमलव सात किलोमिटर उक्त खण्डको सिसइ र भगडी क्षेत्र उच्च जोखिममा छन् । बुढाथोकीका अनुसार सिसइको लगभग काम सम्पन्न भएको छ भने भगडीको अतिजोखिम ठाउँको काम भएको छ । गाँजीपुरबाट हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ ।

सो खण्डको १८ प्रतिशत काम सम्पन्न भएको छ । पाँच किलोमिटर लामो उक्त खण्डको गाँजीपुर र हीरापुरको बढी जोखिमपूर्ण ठाउँमा काम भएको हो ।  रामघाटबाट काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डमा ३५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच किलोमिटर लामो यस खण्डको जोखिमपूर्ण मानिएको भगेरीथान र बाह्रघरेमा काम गरिसकिएको छ । 

बालुवाबाट गोलाघाटसम्मको सात किलोमिटरमध्ये दुई दशमलव पाँच किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्भारको काम भइरहेको छ । यसका लागि रु २३ करोडमा ठेक्का सम्झौता भएको हो । त्यसको ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बालुवा क्षेत्रको काम सम्पन्न भएको छ भने गोलाघाट क्षेत्र बाँकी छ । बुढाथोकीले बढी जोखिमपूर्ण ठाउँमा काम सम्पन्न भइसकेको बताए ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिबीचको काम सम्पन्न भइसकेको छ । तटबन्ध बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाइएको हो । विगत १० वर्षदेखि तटबन्ध बनाउन थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धमा एकैपटक रु पाँच अर्बको काम अघि बढाइएको हो । यसमध्ये भरतपुर र नवलपरासी दुवैतर्फ यस बजेटबाट काम हुँदैछ । 

आर्थिक वर्ष २०६६र६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोडमात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटीय क्षेत्रमा निरीक्षण पश्चात् यसवर्ष बाढीको जोखिम कम हुने बताए । तटबन्धका सबै क्षेत्रमा स्थलगत निरीक्षणपछि उनले स्थानीयलाई यो वर्षातमा केही जोखिम रहे पनि आउँदो वर्षबाट ढुक्क हुन सकिने बताइन् ।

तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण काम भएको उनको भनाइ छ । उनले भनिन्, “यस वर्ष बाढी पूरै छेक्न नसकिए पनि आगामी वर्षबाट पश्चिम चितवनवासी नारायणी नदीको बाढीबाट सुरक्षित हुने छन् ।” उनले तटबन्धको गुरुयोजना निर्माणदेखि महानगरको सक्रिय भूमिका रहेको जनाउँदै तत्कालीन समयमा यसै क्षेत्रबाट निर्वाचित हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयोगले काम भएको बताए ।

तीन वर्षको ठेक्का भए पनि पहिलो वर्ष नै ३५ प्रतिशत काम सम्पन्न भइसकेकाले निर्धारित समयमै काम सम्पन्न हुनेमा ढुक्क रहन उनले आग्रह गरे । नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्ग बनाउने महानगरको योजना छ । 

हाल तटबन्ध पश्चात् हरियालीसमेत बनाइँदै छ । महानगर प्रमुख दाहाल तटबन्धको क्षेत्रमा पुग्दा सम्बन्धित वडाका वडाध्यक्ष सहित स्थानीयले खुसी व्यक्त गरेका थिए । गएका वर्षमा वर्षात्को समयमा नदी तटीय क्षेत्रका बासिन्दा रातको समयमा सुत्न पाउँदैनथे । स्थानीय घरायसी सामग्री र बालबालिका बोकेर विद्यालयमा शरण लिन पुग्ने गर्दथे । यसवर्ष बाढी आइनसके पनि अब आउने बाढीले दु:ख कम दिने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री राजेन्द्र खरेलको पार्थिव शरीरमा सभापतिले ओढाए पार्टीको झन्डा

काठमाडौं । पूर्वमन्त्री तथा राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस का नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। ...

सुनचाँदीको मूल्यमा बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending