Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

गाउँपालिकाका पशु विकास शाखा प्रमुखमाथी कार्यकक्षमै कुटपिट

खबरडबली संवाददाता

सल्यान ।  सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथी कार्यकक्षमै कुटपिट भएको हो । 

त्रिवेणी, ६ कोसपिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुखमाथी आक्रमण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकै उत्कृष्ट कर्मचारी रावत माथी कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले कुटपिट गर्ने व्यक्तिलाई प्रहरीको जिम्मा लगाई कारवाहीका लागि लेखि पठाइएको बताए ।
शाखा प्रमुख रावतले भने, “आफ्नै कार्यकक्षमा बसेर वार्षिक प्रगति विवरण तयार गर्दै थिएँ, दिउँसो २ बजेतीर उ मेरो कार्यकक्षमा आएर के गर्दैछौ भाई भन्यो । मेले काम गर्दैछु दाई भनेर फर्किने वित्तिकै आक्रमण गर्याे ।” आक्रमणबाट चश्मा फुटेको भन्दै उनले ५÷६ पटक टाउकोमा प्रहार गरेको जानकारी दिए । कर्मचारीमाथी कुटपिट गर्ने जनकलाई लगत्तै गाउँ प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहामलाई बुझाएको थियो ।
कुटपिट गर्ने जनकमाथी विहिबार प्रहरीमा जाहेरी दिने तयारी छ । केही वर्ष पहिले पनि त्रिवेणी गाउँपालिकामा लेखा प्रमुख माथी कुटपिट भएको भन्दै पशु विकास शाखा प्रमुख रावतले राष्ट्रसेवक कर्मचारीमाथि कुनै कमजोरी विना आक्रमण, कुटपिट हुनु दुःखद विषय भएको भन्दै आफ्नो जीउज्यानको सुरक्षाका लागि भएपनि दोषिमाथी कारवाहीका लागि प्रहरीकहाँ जाहेरी दिने तयारी गरिएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...

​ यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।   प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...

सात करोडको अस्पताल सुनसान, मुस्ताङबासी उपचारका लागि भौतारिँदै

भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: