Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

लम्पी स्किन रोग लागेका गाईभैँसीको दूध खान हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको चाँगुनारायण नगरपालिकास्थित खरीपाटीका पशुपालक शिवप्रसाद अधिकारीले डेढ महिनाभित्र चारवटा बस्तुभाउ गुमाउनुपर्‍यो। अहिले देशको ७७ वटै जिल्लामा प्रकोप बनेर फैलिएको लम्पी स्किन रोगको व्यथाले च्यापेर उनले पालेका तीन गाई र एक बाच्छा मरे।

“सुरुमा तिनलाई ज्वरो आयो। खाना रुचेन। हामीले केही औषधि, भिटामिन दिएका थियौँ। जीउभरि फोकैफोका आयो। उठबस गर्न नसक्ने भए। त्यसपछि पाँच-सात दिनमै बिते,” अधिकारीले भने।

रोग लाग्नासाथ स्थानीय प्राविधिकहरूले आएर नियमित हेरेको र केही भिटामिन औषधि दिए पनि बचाउन नसकिएको उनले भने। उनको गोठका अन्य पाँचवटा गाईमध्ये दुईवटा सङ्क्रमित भएर निको भए भने अन्यलाई सङ्क्रमण नभएको उनले सुनाए। “एउटा गाईकै डेढ लाख रुपैयाँ घटी नपर्ने हुँदा आर्थिक क्षति त छँदै छ, मनमा परिवार गुमाएको जस्तै भएको छ।”

सङ्क्रमित गाईभैँसीको दूध खानुहुन्छ?

सामान्यतया लम्पी स्किन लागेको बस्तुभाउको दूध खान मिल्ने विज्ञहरू बताउँछन्। “किनभने लम्पी स्किन रोग गराउने भाइरस 'जूनोटिक' होइन। अर्थात् त्यो भाइरस पशुबाट मानिसमा सर्दैन। तर यसको सङ्क्रमण हुनासाथ पशुको उत्पादन ८० प्रतिशतले घटिहाल्छ। दश लिटर दूध दिने गाईले दूई लिटर मात्र दिन सक्छ,” नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा स्वयम्‌प्रकाश श्रेष्ठले भने।

“त्यसैले दूध खाँदाखेरि रोग सर्ने भन्ने त हुँदैन। तर बिरामी पशुलाई एन्टिबायोटिकजस्ता औषधि दिइएको छ भने कम्तीमा १४ दिन त्यसको दूध उपभोग गर्न हुँदैन भन्ने मान्यता छ,” उनले भने।

गाउँघरमा पनि मानिसहरूले आफ्नै हिसाबले सङ्क्रमितको दूध खाने कि नखाने भनेर निर्णय गर्ने गरेको पशुपालक शिवप्रसाद अधिकारीले बताए। “कतिले दूध खानु हुँदैन भनेर खाएनन्, कतिले खाए। आआफ्नो हिसाबले त्यसो गरिरहेका छन्,” अधिकारीले भने।

पशुसेवा विभागका अधिकारीहरूले गाईभैँसीको दूध वा राँगाभैँसीको मासु उपभोग गर्दा यो रोग सर्ने प्रमाण नभएकोले दुबिधा नलिन आग्रह गरेका छन्। बिरामी पशुको हेरचाह गर्दा यो रोग सर्ने डर मान्नु नपर्ने पनि उनीहरू बताउँछन्।

के छ अहिलेको अवस्था?

नेपालमा गाईभैँसीको सङ्ख्या झन्डै सवा करोड छ। अहिले देशैभरि गरेर १० लाख ५४,००० गाईभैँसी लम्पी स्किनबाट सङ्क्रमित भइसकेको पशुसेवा विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालले बताए।

तीमध्ये ४८,००० भन्दा धेरैको ज्यान गइसकेको छ। अहिले सक्रिय सङ्क्रमित बस्तुभाउको सङ्ख्या नै दुई लाख ३७,००० रहेको सरकारी तथ्याङ्क छ। हुँदाहुँदा अब माथिल्लो भेगका चौँरी गाईहरूमा पनि यो सङ्क्रमण सल्किसकेको डा श्रेष्ठले बताए।

“चैतमा कोशी प्रदेशबाट सुरु भएको यसपालिको प्रकोपले सबभन्दा धेरै सुदूरपश्चिम, कोशी र कर्णाली प्रदेश प्रभावित भए। ती प्रदेशमा अहिले सङ्क्रमण केही मत्थर भएको छ भने मधेश र बागमतीको प्रदेशमा भने बढ्दै छ,” ढकालले भने।

अहिले सङ्क्रमण कम भएका क्षेत्रमा खोप लगाउने काम बढी गरिएको र खोपको व्यवस्था गरी यसलाई विस्तार गर्दै लगिने उनले बताए।

कहालीलाग्दो क्षति

नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार यो रोगको सङ्क्रमणले पार्ने असर चौतर्फी हुन्छ – पशुको मृत्यु हुने देखि लिएर दूध र मासु उत्पादनमा ह्रास आउने, पशुमा प्रजनन समस्या हुने, छालामा समस्या हुने र निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउनका लागि थप पोषण खर्च लाग्ने।

यो रोगका कारण झन्डै छ महिनासम्म साँढे तथा राँगाहरूमा प्रजनन क्षमता नहुने अनि लामो बेतान्तर भई गाईभैँसीको दूध उत्पादनमा समेत ४० देखि ५० प्रतिशतसम्म कमी हुने अनुसन्धानहरूबाट देखिएको परिषद्ले जनाएको छ। कतिपयमा दीर्घकालसम्मै बाँझोपनाको अवस्था आइपर्ने बताइन्छ।

परिषद्को अध्ययनमा नेपालमा यो रोग लागेका मध्ये झन्डै चार प्रतिशतको मृत्यु हुने गरेको पाइएको छ भने सङ्क्रमण हुनासाथै प्रतिपशु ४९,१३५ रुपैयाँको औसत क्षति भइहाल्छ।

अहिलेसम्म १०.५ लाख बस्तुभाउ सङ्क्रमित भएको सरकारी तथ्याङ्क हेर्दा त्यसले ५१ अर्ब रुपैयाँभन्दा धेरै क्षति भइसकेको देखिन्छ। पशु सेवा विभागले भने अहिले क्षतिको पूर्ण मात्रा निर्क्योल नभइसकेको बताएको छ।

“हाम्रो ध्यान अहिले रोग नियन्त्रण र उपचारमा केन्द्रित भइरहेको छ। यसको क्षति आकलन हामीले गरिसकेका छैनौँ,” ढकालले भने।यो वर्षको लम्पी स्किन प्रकोप नेपालको पशु विकासको क्षेत्रमा आइपरेको सबैभन्दा गम्भीर र चुनौतीपूर्णमध्येको समस्या रहेको जानकारहरूले बताएका छन्।

“हामीकहाँ पशु स्वास्थ्यजस्तो विषयका संरचना बनेको पनि विक्रम संवत् २००० को दशकमा गङ्गोटी रोग वा रिन्डरपेस्ट महामारीका बेलादेखि हो। त्यसयता पीपीआर, रानीखेत, बर्डफ्लूजस्ता रोगका प्रकोप पनि भएका छन्,” उनले भने।

दीर्घकालीन चुनौती

सङ्क्रमण अझै रोकिएको छैन। “अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुन्छ। त्यसैले तिनले धेरै सार्ने सम्भावना हुन्छ,” डा श्रेष्ठले भने।

लम्पी स्किन रोगको अर्को जोखिम भनेको चाहिँ यसले पार्ने प्रभावको दीर्घकालीन प्रकृति रहेको छ। सङ्क्रमणबाट निको भइसकेपश्चात् पनि ती गाईभैँसीले पूर्ववत् दूध उत्पादन गर्न महिनौँ लाग्न सक्ने ठानिन्छ। तिनले प्रजनन क्षमता गुमाए वा कम भएमा त्यसको असर पनि पशुपालक किसानहरूलाई पर्छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending