Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या

खबरडबली संवाददाता

बागलुङ । ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । 

यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ ।  उच्च पहाडी क्षेत्र भएको हुँदा शान्त वातावरण र स्वच्छ हावापानी यहाँ पाइन्छ । बजारको गर्मीले आजित बनेकाहरु शीतलताका लागि बर्खायाममा ढोरपाटन पुग्छन् । ढोरपाटनसम्म साना खहरे खोला पार गर्दै पुगे पनि उत्तरगङ्गा नदी तर्न गाह्रो पर्छ ।  

हरेक वर्षात्को समयमा उत्तरगङ्गा नदीमा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रबाट पारीपट्टीका सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायतका ठाउँमा पुग्न पैदल यात्रा नै गर्नुपर्ने बाध्यता छ । विशेषगरी सेलपाखे र सिकार आरक्ष क्षेत्र घुम्न अतिउपयुक्त मानिन्छ । पुल नबन्दा ढोरपाटन पुग्ने धेरै जसो पर्यटक यी ठाउँमा पुग्नबाट वञ्चित हुने गरेका छन् । 

बुर्तिबाङदेखि ढोरपाटन सडकले जोडिएको दशक बढी हुन थाल्यो, तर उत्तरगङ्गामा पुल निर्माण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । उत्तरगङ्गा नदी हिउँदमा वारपार गर्न सकिने हुँदा स्थानीयले पशुचौपाया पनि खोला तार्ने गर्छन् भने गाडी पनि सहजरुपमा वारपार गर्न सक्छन् ।

केही दिनदेखिको वर्षाले उत्तरगङ्गा बढेर सतह पार गरेको छ । मान्छे वारपार गर्न नवी र मोराङ दोगाडी घाटमा झोलुङ्गे पुल बने पनि मोटरेवल पुल भने अहिलेसम्म बन्न सकेको छैन । सेलपाखे मैदानमा यतिबेला वनफूलसँगै विभिन्न प्रकारका फूलले भरिएको र पारी पुग्ने पुल नहुँदा टाढैबाट पर्यटक लोभिने गरेका छन् ।  उत्तरगङ्गा नदीमा पुलको माग गरेको वर्षौं भए पनि अहिलेसम्म बन्नका लागि कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय कुलबहादुर सुनारले बताउए । उनले नदिमाथि पुल बने ढोर बराह मन्दिरमा आउने सबै पर्यटक सिकार आरक्ष कार्यालय क्षेत्र तथा ठूलो समरथर मैदानमा पुग्नसक्ने बताए ।

सुनारले भने, “ढोरपाटन मोटरबाटोले जोडिएदेखि हामी यहाँका गाउँलेले सरकारलाई धेरैपटक पुल बनाउनका लागि माग गर्यौँ, तर अहिलेसम्म कुनै पनि निकायबाट सुनुवाइ हुन सकेको छैन, मान्छे तर्ने झलुङ्गे पुल पनि दुई ठाउँमा मात्रै छ, बीच भागमा मोटर गुड्न पुल बने धेरै सजिलो हुने थियो, घुम्न आउने पनि गाडीमै ढोरपाटन उपत्यका घुम्न पाउँथे, अहिले त बराह मन्दिर नजिक गाडी पार्किङ गरेर पारी पुग्नुपर्ने अवस्था छ ।”

ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले उत्तरगङ्गा नदीमा एउटा पनि मोटरेवल पुल निर्माण नहुँदा स्थानीय र पर्यटकलाई वारपारमा समस्या भएको बताए । हिउँदको समयमा कुनै समस्या नपर्ने र बर्खामा नदीमा बाढी आउँदा यात्रा गर्न नसकिने उनको भनाइ छ । उनले नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा नवी गाउँ नजिकै पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेको बताए । डिपिआर तयार गर्दा नगरपालिकाले रु १० लाख खर्च गरेको उपप्रमुख कायतको भनाइ छ । 

“ढोरपाटन प्राकृतिक सौन्दर्यले गर्दा विश्वमा चर्चित बन्यो, तर यहाँ अहिलेसम्म ठूलाठूला विकास निर्माणका काम हुन सकेका छैनन्, हामी निर्वाचित भएर आएपछि केही कामको थालनी गरेका छौँ, अहिले तत्कालका लागि उत्तरगङ्गामा पुल आवश्यक छ, नगरपालिकाको बजेटले भ्याउँदैन, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर बनाउने योजना छ”, उनले भने, “पुल नबन्दा ढोरपाटन पुगेका हजारौँ पर्यटक वास्तविक ढोरपाटन देख्न र घुम्नबाट बञ्चित भएका छन्, अहिले त नदी बढेर माथिमाथि आएको छ, केही दिन अगाडि म ढोरपाटन पुगेको थिए, खोला तर्न सकिएन, अब हिउँद नलागेसम्म यस्तै हो ।”

ढोरपाटन पुग्न छैन सहज

बुर्तिबाङ बजारदेखि बोबाङ गाउँसम्म सडक सहज भए पनि दुनेपँधेरा, फल्लेघर हुँदै ढोरपाटन पुग्न भने निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधन ढोरपाटन पुग्न सक्दैनन् । यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधन बीचबाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेको स्थानीय बुद्धिमान पुनले बताए । 

वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन हुने पुन बताउँछन् । यो सडक राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गतको सालझन्डी–ढोरपाटन आयोजनाअन्तरगत पर्छ । सडकले रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दूरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहजरुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा बस्तुभाउ तथा मान्छेलाई लेकबेँसी गर्न सकस पर्ने पुनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अ...

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

किसानलाई पेन्सनदेखि मल कारखानासम्म दिने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...

ट्रान्सफर्मर चोरीपछि सात सयभन्दा बढी धारामा खानेपानी बन्द

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...

पर्वतमा असार सकिँदासम्म ६० प्रतिशत धान रोपाइँ

पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी ३५ ले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending