पोखरा । पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन् । प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न सङ्घसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन् ।
ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल ९टान० गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी सङ्घसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी झार बाहिर निकालिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।
जलकुम्भी झारकै कारण फेवातालमा पर्यटकलाई डुङ्गा सयर गर्न र तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जानका लागि समस्या परेपछि प्रत्येक हप्ता विभिन्न सङ्घसंस्थाको संयोजनमा तालको जलकुम्भी झार हटाउने कार्य भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
आज जलकुम्भी झार हटाउने कार्यको शुभारम्भ गर्दै प्रमुख आचार्यले पोखराको सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र फेवातालमा वर्षात्को समयमा फैलिने जलकुम्भी झारलाई व्यवस्थापन गर्न बायोग्यास कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी भएको जानकारी दिए ।
नेपाल पर्यटक तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० का दुई सय विद्यार्थीले फेवातालको जलकुम्भी झार ताल बाहिर निकालेका थिए । फेवातालमा समस्याका रुपमा जलकुम्भी झार देखापरेको १२ वर्ष भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १४:०५
काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...
आषाढ़ २८ गते, २०८३ - १३:५२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अ...
आषाढ़ २८ गते, २०८३ - १३:२३
काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...
आषाढ़ २८ गते, २०८३ - १२:४६
टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...
आषाढ़ २८ गते, २०८३ - १२:२४
काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...
आषाढ़ २८ गते, २०८३ - १२:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...
आषाढ़ २८ गते, २०८३ - ११:४५
काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...
आषाढ़ २८ गते, २०८३ - ११:३४
पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...
आषाढ़ २८ गते, २०८३ - ११:१०
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...
आषाढ़ २८ गते, २०८३ - १०:५०
काठमाडौँ। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्ज...



प्रतिकृया लेख्नुहोस्: