Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मनाङमा यार्तुङ मेला सुरु

खबरडबली संवाददाता

मनाङ । मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए ।

“लामाहरुले विशेष गरी लामाले नाचेर पर्व मनाउने गरिन्छ”, उनले भने,  “यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाई सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।” सबै बसाइँसराइले माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले बताए ।

यस पर्व पाँच दिन मनाउने प्रचलन छ । घोडेजात्रा सबैले खेती रोपिसकेपछि मनाउने गरिएको पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।  “घोडालाई भगवानको रुपमा नै पुजिन्छ, गाउँका सबैले घोडा पालिन्थ्यो, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्तरुपमा पुजिने पर्व हो”, उनले भने, “घोडा मनाङको विशेष महत्वको साधनको रुपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न आवश्यक छ ।”
    
बौद्धको भाषामा वर्षायाममा रोगव्याधिबाट संरक्षण गरिनु नै यसको मुख्य महत्व मानिने पर्यटन व्यवसायी गुरुङले बताए । यस पर्व मनाउने प्रचलनले यहाँ आउने पर्यटकलाई समेत आकर्ष गरेको छ । उनका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई समेत संरक्षण गरेको छ ।  यस पर्वको माध्यमबाट गाउँ, समाज र मानिस बीचमा एकापसमा सामाजिक सद्भावको विकास गरिरहेको उनको भनाइ छ । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै यार्तुङ अन्य स्थानमा सुरु गर्ने प्रचलन रहेको छ । यो पर्व पाँच दिन मनाउने गरिन्छ । 

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले रोगव्याधि नलागोस् भनेर परम्परागत रुपमा हुँदै आएको पूजाआजालाई निरन्तरता दिएको जानकारी दिए । उनले भने, “पहिलेको तुलनामा यस पर्वमा युवाको सहभागिता कम हुँदै गएको छ, तर पनि निरन्तरता दिइरहेका छौँ ।” यस पर्वको आकर्षण बढ्दो भए पनि युवा विदेशिनु, अध्ययन, जागीरलगायतका कारणले गर्दा युवा कम हुँदा सहभागिता घटेको उनले बताए । “यसले गर्दा यी सामाजिक मूल्य, मान्यताका पर्वलाई लोप हुन नदिन निरन्तरता भने दिइरहेका छौँ”, उनले भने । मनाङ गाउँबाट सुरु हुने यार्तुङ तल्लो मनाउने प्रचलन हटेको स्थानीय बताउँछन् । 

उनले भने, “मनाङका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप उर्जा मिल्छ ।” यहाँको संस्कृति अध्ययन तथा प्रवद्र्धनलाई भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।  विगतको तुलनामा यस पर्वमा घोडा कम भएको उनले बताए । “पहिले घर–घरमा दुई/तीन घोडा पालिन्थ्यो, हरेक ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो, अहिले सवारीसाधन आएपछि घोडाको स्थान लियो, यसको कमी यार्तुङमा पनि देखिएको छ”, उनले भने । सडक नपुगेको स्थानमा घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छन् तर, सडक पुगेका स्थानमा कम हुँदै गएको छ । 

पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल, जोखिमयुक्त पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला पास जान चाहने पर्यटकलाई पुर्याउन घोडा प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रु तथा पर्यटकलाई घोडाको माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पुर्याउने गरिएको छ । 

हालसम्म पनि सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका स्थानीयले मुख्यरुपमा घोडाको प्रयोग गर्ने गर्छन् । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान समेत घोडाको प्रयोग गरिँदै आएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुन्जो तेञ्जिङ लामाले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending